News Category 2070/03/20
दाइजो नल्याएको निहु“मा यातना
दैनिक संवाददाता
राजविराज, १९ असार ।
मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइ दिन सबैसँग आग्रह गरेकी छन् ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका–२ निवासी प्रवीण झाकी २५ वर्षीया श्रीमती राखी झाले बुधबार बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा दाइजोका कारण पटक पटक यातना दिँदै आएका आफ्ना सासु र ससुराले पछिलो पटक गत असार ११ गते राति केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप लगाएकी छन् ।
सप्तरीको बरही वीरपुर गाविस निवासी सूर्यनारायण झाकी छोरी राखी र राजविराज नगरपालिका–२ चनौरा पड्रिया निवासी राधाकान्त झाका छोरा प्रवीणबीच २०६९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।
विवाह भएदेखि नै श्रीमान्, ससुरा र सासुले विभिन्न अश्लील गालीगलौज गर्दै कुटपिट र घर निकाला गर्दै आएको दुःखेसो पोख्दै उनले गत २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिएको तर यातना दिने काम नरोकिएको बताइन् ।
विवाह दर्ता प्रमाणपत्र बनेदेखि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको र गत असार ११ गते राति गाउँकै केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप उनको छ ।
अभियुक्तहरूमध्ये चार जना भागे पनि एक जना सल्लाउद्दिनलाई गाउँलेहरूले तत्कालै नियन्त्रणमा लिई परिवारजनको जिम्मा लगाएको उनले बताइन् ।
उनलाई परिवारको जिम्मा लगाएको आधा घण्टा नबित्दै हातमा खुकुरी, लाठीलगायतका हतियार लिएर आएका ५०÷६० जनाको समूहले गालीगलौज गर्दै स्थानीय नागेन्द्र झा, घनश्याम झासहितका व्यक्तिमाथि आक्रमण गरी घाइते बनाएको स्थानीय निरन्जन झाले पत्रकार सम्मेलनमा बताए ।
सो क्रममा ती युवाको समूहले अखिलेश झाको को२प ५२६८ र वसन्त झाको स२प ७७५४ नम्बरको मोटरसाइकलमा समेत क्षति पु¥याएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ