News Category 2070/03/20
दाइजो नल्याएको निहु“मा यातना
दैनिक संवाददाता
राजविराज, १९ असार ।
मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइ दिन सबैसँग आग्रह गरेकी छन् ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका–२ निवासी प्रवीण झाकी २५ वर्षीया श्रीमती राखी झाले बुधबार बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा दाइजोका कारण पटक पटक यातना दिँदै आएका आफ्ना सासु र ससुराले पछिलो पटक गत असार ११ गते राति केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप लगाएकी छन् ।
सप्तरीको बरही वीरपुर गाविस निवासी सूर्यनारायण झाकी छोरी राखी र राजविराज नगरपालिका–२ चनौरा पड्रिया निवासी राधाकान्त झाका छोरा प्रवीणबीच २०६९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।
विवाह भएदेखि नै श्रीमान्, ससुरा र सासुले विभिन्न अश्लील गालीगलौज गर्दै कुटपिट र घर निकाला गर्दै आएको दुःखेसो पोख्दै उनले गत २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिएको तर यातना दिने काम नरोकिएको बताइन् ।
विवाह दर्ता प्रमाणपत्र बनेदेखि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको र गत असार ११ गते राति गाउँकै केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप उनको छ ।
अभियुक्तहरूमध्ये चार जना भागे पनि एक जना सल्लाउद्दिनलाई गाउँलेहरूले तत्कालै नियन्त्रणमा लिई परिवारजनको जिम्मा लगाएको उनले बताइन् ।
उनलाई परिवारको जिम्मा लगाएको आधा घण्टा नबित्दै हातमा खुकुरी, लाठीलगायतका हतियार लिएर आएका ५०÷६० जनाको समूहले गालीगलौज गर्दै स्थानीय नागेन्द्र झा, घनश्याम झासहितका व्यक्तिमाथि आक्रमण गरी घाइते बनाएको स्थानीय निरन्जन झाले पत्रकार सम्मेलनमा बताए ।
सो क्रममा ती युवाको समूहले अखिलेश झाको को२प ५२६८ र वसन्त झाको स२प ७७५४ नम्बरको मोटरसाइकलमा समेत क्षति पु¥याएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
- 2082/06/08 महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
- 2082/06/07 सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
- 2082/06/07 पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
- 2082/06/06 कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
- 2082/06/06 खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती
- 2082/06/06 जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ