News Category 2079/03/09
बस दुर्घटनामा एक महिला यात्रुको मृत्यु, ११ जना घाइते

दैनिक समाचारदाता
राजविराज, ९ असार ।
सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेज सडक खण्डमा विहीवार बिहान यात्रु बाहक बस दुर्घट्ना हुँदा एक महिलाको मृत्यु भएको छ भने सो दुर्घटनामा ११ जना घाईते भएका छन् । जस मध्ये चार जनाको अवस्था गम्भीर छ ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.५ख. १८९८ नम्बरको यात्रुबाहक बस अर्काे बसलाई साइड दिने क्रममा सडकबाट २५ मिटर तल खसेर दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु भएको महिला विराटनगरबाट कटारीतर्फ जाँदै गरेको उक्त बसमा कंचनपुर जाने भन्दै सुनसरीको भाण्टावारीमा चढेकी थिइन् । उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यता गम्भीर घाईते हुनेहरुमा बसका सहचालक झापा मेचिनगरका ३८ वर्षिय पदम बहादुर राई, सप्तरीको कन्चनरुप नगरपालिकाका १८ वर्षिय आलोक सेख, उदयपुर कटारी नगरपालिका ३ का ७० वर्षिय मान बहादुर तामाङ, उनकी पत्नी ३८ वर्षिया बिष्णुमाया तामाङलाई थप उपचारका लागी विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाईते हुनेहरुमा सप्तरीको कंचनरुप नगरपालिकाका विजय साह, असमना खातुन, विवेक कुमार साह, सुनसरीका रविन्द्र खडका, रिन्कु यादव, निर्माला दाहाल, उदयपुरका सीताराम रसाईली, झापाका पदम बहादुर राई र मोरंगका प्रमिला राई छन् । ती सबैको भारदह अस्पतालमा उपचार भईरहेको छ । घटनापछि चालक भने फरार भएका छन् डिएसपी काफ्लेले घट्नाबारे थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ