News Category 2079/03/11
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
राजविराज÷जिल्ला समन्वय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदैछ ।
चुनावी प्रतिष्पर्धामा सत्ता गठबन्धन भित्रका जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेका छन् भने नेपाली काँग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत (समाजवादी) सँग गठबन्धन गरेका छन् ।
पदको बाँडफाँडमा कुरा नमिल्दा सत्तासिन गठबन्धन दलहरु विपरीत गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
काँग्रेस, लोसपा, जनमत, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी गठबन्धन प्यानलबाट काँग्रेसका शिवनारायण साह प्रमुख र लोसपाका शम्भु यादव उपप्रमुखका रुपमा चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
यता जसपा–नेकपा एमाले गठबन्धनको प्यानलबाट जसपाका छेदी यादव प्रमुख र एमालेका देवकान्त चौधरी उपप्रमुखको उम्मेदवार छन् ।
जिल्लाको कुल ३६ मतमा काँग्रेसको सर्वाधिक १२ मत छ भने जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमतको ३ तथा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग २÷२ मत छ ।
जसपा–एमाले गठबन्धनको मत जोड्दा १२ मत मात्र पुग्छ भने काँग्रेस, लोसपा, जनमत, माओवादी केन्द्र र एकीककृत समाजवादी गठबन्धनको २४ मत पुग्छ । जसकारण काँग्रेसले गरेको गठबन्धन बलियो देखिएको छ । उक्त गठबन्धन भित्रका दलमा कुनै खटपट नभए जिल्ला समन्वय समितिमा सजिलै जित हात पार्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ