News Category 2079/03/11
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
राजविराज÷जिल्ला समन्वय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदैछ ।
चुनावी प्रतिष्पर्धामा सत्ता गठबन्धन भित्रका जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेका छन् भने नेपाली काँग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत (समाजवादी) सँग गठबन्धन गरेका छन् ।
पदको बाँडफाँडमा कुरा नमिल्दा सत्तासिन गठबन्धन दलहरु विपरीत गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
काँग्रेस, लोसपा, जनमत, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी गठबन्धन प्यानलबाट काँग्रेसका शिवनारायण साह प्रमुख र लोसपाका शम्भु यादव उपप्रमुखका रुपमा चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
यता जसपा–नेकपा एमाले गठबन्धनको प्यानलबाट जसपाका छेदी यादव प्रमुख र एमालेका देवकान्त चौधरी उपप्रमुखको उम्मेदवार छन् ।
जिल्लाको कुल ३६ मतमा काँग्रेसको सर्वाधिक १२ मत छ भने जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमतको ३ तथा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग २÷२ मत छ ।
जसपा–एमाले गठबन्धनको मत जोड्दा १२ मत मात्र पुग्छ भने काँग्रेस, लोसपा, जनमत, माओवादी केन्द्र र एकीककृत समाजवादी गठबन्धनको २४ मत पुग्छ । जसकारण काँग्रेसले गरेको गठबन्धन बलियो देखिएको छ । उक्त गठबन्धन भित्रका दलमा कुनै खटपट नभए जिल्ला समन्वय समितिमा सजिलै जित हात पार्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ