News Category 2071/06/23
सिके राउतलाई बोल्दैमा राजाका पालामा जसरी थुन्न हुदैनथ्यो ः प्रधानमन्त्री
दैनिक संवाददाता
काठमाडौं, २२ असोज ।
प्रधानमन्त्री सुशील कोइरालाले राज्यद्रोहको अभियोगमा थुनामा रहेका डा. सीके राउतको रिहाइबारे गृहमन्त्रीसँग कुरा गर्ने आश्वासन दिनुभएको छ ।
प्रधानमन्त्री कोइरालाले राउतको परिवार र नागरिक समाजका अगुवा गणेश मण्डलसँगको भेटमा यस्तो आश्वासन दिनुभएको हो । भेटमा राउत परिवारका साथै कानुन व्यवसायी दीपेन्द्र झा र सुरेन्द्र महतो समेत हुनुहुन्थ्यो ।
अधिवक्ता झाका अनुसार प्रधानमन्त्रीले वीपी कोइरालाको नाम लिँदै बोलेकै आधारमा थुनेको र आफुहरु समेत जेल परेको भन्दै राजाका पालामा जस्तो बोल्दैमा थुन्न नहुने जिकिर गर्नुभयो । ‘लोकतन्त्रमा मान्छेलाई बोलेकै आधारमा थुन्ने हो भने लोकतन्त्रको अर्थ रहदैन’ प्रधानमन्त्री कोइरालाको भनाइ उदृत गर्दै झाले भन्नुभयो–‘यसबारे गृहमन्त्री र महान्यायाधिवक्तासँग कुरा गर्छु ।’
अर्का अधिवक्ता महतोले भेट सकारात्मक भएको भन्दै प्रधानमन्त्री कोइराला राउतलाई बोलेकै आधारमा मुद्दा चलाउन नहुने पक्षमा देखिएको छ । यसअघि राउतको अनसन तोडाउने क्रममा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मिनेन्द्र रिजाल र कृषिमन्त्री हरिप्रसाद पराजुलीले पनि अभिव्यक्ति स्वतन्त्रता र नागरिक हकको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
भेटमा अधिवक्ताद्वय महतो र झाले राउतलाई रिहा गर्ने कानुनी बाटोबारे प्रधानमन्त्री कोइरालालाई ब्रिफिङ गर्नुभएको थियो । राज्य विरुद्धको अपराधमा अनुसन्धानका लागि राउतलाई १४ दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले दिएको समयसीमा मंगलबार सकिएको छ ।
भदौ २८ गते पक्राउ परेका उहाँ प्रहरी हिरासतमा रहेको २५ दिन पुगेको छ । ‘अब प्रहरीले प्रमाण पुगेन भनेर रिहा गर्न सकिन्छ । मुद्दा गृहमन्त्रीको हातमा छ’ झाले भन्नुभयो । मुद्दा अझै सरकारको हातमा रहेको भन्दै उहाँहरुले प्रहरीले मुद्दा चलाउन सिफारिस गरे सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै राउतलाई रिहा गर्न सक्ने प्रधानमन्त्रीलाई बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
- 2082/10/25 मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते
- 2082/10/25 पिएम कपमा सप्तरीको दोस्रो जित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ