News Category 2071/06/24
माघ ८ मै संविधान जारि गर्ने सभासद्हरुको प्रतिबद्धता
दैनिक संवाददाता
राजविराज, २३ असोज ।
माघ ८ मै संविधान जारी गर्ने एक कार्यक्रममा सहभागि सप्तरीका सभासदहरुले प्रतिवद्धता जनाएका छन ।
इन्सेक सप्तरी, सेतो गुराँस बालविकास सेवा सप्तरीको सहयोग तथा महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र वपरडेक विराटनगर र पुर्वान्चल मानवअधिकार संजालको आयोजनामा राजविराजमा आयोजित हाम्रो सरोकार हाम्रो संविधान जनतासँग सभासद कार्यक्रममा सहभागि सभासदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा सहभागि एमाओवादीका सभासद उमेश कुमार यादवले सहमतिको आधारमा संविधान बन्नका लागि एमाओवादी लच्चिलो रहेको बताउँदै सत्तारुढ दलका कारण अगामी माघ ८ गतेभित्रमा संविधान जारी हुन नसक्ने आरोप लगाउनुभयो ।
उहाँले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान आउनुपर्नेमा जोड दिनुहुँदै प्रजातान्त्रिक संविधान मुलुकमा आवश्यकता रहेको बताउँनुभयो ।
त्यसैगरी कार्यक्रममा अर्का सभासद् गंगा प्रसाद यादवले सप्तरीको विकासका लागि यहाँका सभासदहरु प्रतिवद्ध रहेको जिकिर गर्दै जिल्लाको राजविराज कुनौली सडक खण्ड लगायतका सडक र बाटोघाटो निमार्णका लागि आफुहरुले आवश्यक पहल गरिरहेको बताउँनुभयो ।
त्यस्तै सभासद सुरेन्द्र प्रसाद यादवले प्रजातान्त्रिक पद्धतिबाट बहुमतिय प्रणाली अगाडी बढाएर मुलुकको संविधान निमार्ण गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
वपरडेककी अध्यक्ष संजु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, ईन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेल, नागरिक समाजका अध्यक्ष थानसिंग भन्साली, ओम प्रकाश साह, मैथिली साहित्य परिषदका अध्यक्ष विवेकानन्द मिश्र लगायतका बक्ताहरुले माघ ८ भित्रै मुलुकमा संघीयता सहितको संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा जिल्लाका सबै १७ सभासद्हरुलाई निमन्त्रणा दिइए पनि मात्र तीन जना सभासद्हरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ