News Category 2079/04/11
सप्तरीका क्रिकेटरहरु सम्मानित

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
हालै राजबिराजमा सम्पन्न महेन्द्र नारायण निधी प्रदेश स्तरी क्रिकेट प्रतियोगिताका बिजेता सप्तरीका टोलीलाई बुधवार एक कार्यक्रमका बिच नगद तथा प्रमाणसहित सम्मान गरिएको छ । राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परवीनको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा बिजेता टोलीका खेलाडीहरु महवुव आलम, बिवेक यादव, रोहन बिक, राहुल मण्डल, अभिशेक कार्कि, रोहित सिंह, अमित यादव, अनिल यादव, निरज यादव, राज बर्मा, धिरज मण्डल, बिशाल यादव, नितेश यादव, अजय यादव र टिम व्यवस्थापक आशिष सिंहलाई नगद १२ हजार ५ सय तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
यस्तै कार्यक्रममा हालै सम्पन्न सप्तरी अम्पाएर तथा स्कोरर संघका निर्वाचित पदाधिकारीहरुलाई समेत प्रमाण पत्रसहित सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल क्रिकेट संघका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी, सिटिजन ईन्टरनेश्नल बैंकका शाखा प्रबन्धक फिरोज अहमद, पत्रकार शौरव यादवलगायतको उपस्थिती रहेको थियो ।
बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसँगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रदेश स्तरी महेन्द्र नारायण निधी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई ६ बिकेटले पराजित गर्दै उपाधी जितेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ