News Category 2079/04/20
ज्वेलर्स पसलबाट गरगहना चोरी गर्ने दुई जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
सुन चाँदी पसलको सटरको ताल्चा तोडेर चोरी गरेका गरगहनासहित दुई चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको बादेबरसाईन नगरपालिकाको व्यस्त बजारमा रहेको रुपेश ज्वेलर्सको सटरको ताल्चा तोडेर सुन चाँदीको गरगहना चोरी गरि फरार भएका सप्तरीको खडक नगरपालिका ५ बस्ने १९ वर्षिय उपेन्द्र मण्डल र २४ वर्षिय जयराम मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
.jpg)
प्रहरीले उनीहरुको साथबाट सुनको औठी एक, तिलहरी एक, फुली एक र चाँदीका पाउजु ११ जोड, बिच्छि १३, ब्रासलेट ६, राखी ६, पोते जडान ३ र एक हजार ८ सय ५० रुँपैया नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज वडा नं. ८ स्थित टेम्पो स्टेन्डबाट बिहीबार साँझ चोरीका सामानसहित पक्राउ परेका उनीहरुलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट चोरी कसुर मुद्दामा अनुसन्धानका लागि म्याद थप गराइएको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
ज्वेलरी पसलका संचालक राजेश कुमार मिझारका अनुसार बुधबार मध्य रात चोरले सटरको ताल्चा फुटाई उक्त गरगहनाहरु चोरी गरेर लगेका थिए । बिहीबार बिहान पसल पुग्दा चोरी भएको थाहा पाएका उनले तत्कालै प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय कडोरबोना र इलाका प्रहरी कार्यालय बादेबरसाइनबाट खटेको संयुक्त प्रहरीको टोलीले खोजतलासका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ