News Category 2071/07/06
सप्तरीको समग्र विकासका लागि सरोकारबाला जागरुक बन्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, ५ कात्तिक ।
सप्तरीको समग्र विकासका लागि यहाँका सरोकारबाला निकायहरु जागरुक बन्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिनुभएको छ ।
एमाओवादी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवले बुधबार शुभ दिपावली एवं छठ पर्वको अवसरमा राजविराजमा आयोजना गरेको शुभकामाना आदान प्रदान कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिनुभएको हो ।
कार्यक्रममा सहभागिहरुले जिल्लाको समग्र विकासका लागि राजविराज बिमानस्थल संचालनमा आउँनुपर्नेमा जोड दिनुभयो । साथै जिल्लाको रुपनी गाईघाट सडक निमार्ण भएपछि राजविराजको विकास सम्भवं हुने बताउँदै कार्यक्रममा सहभागिहरुले यसका अतिरिक्त जिल्लाको हुलाकी सडक र राजविराज कुनौली सडक, राजविराज सखडा सडक लगायतका सडकरुह निमार्ण हुनुपर्नेमा जोड दिनुभयो ।
सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवको अध्यक्षता तथा एमाओवादी क्षेत्र न. १ का सभासद मानपुर चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, पुर्व सभासद असर्फी सदा, नेपाली काग्रेसका सभापति दिनेश कुमार यादव, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, एमाओवादीका केदार देव, नेपाल शिक्षक युनियनका अध्यक्ष फुलेश्वर कुमार मण्डल, संघीय समाजवादी पार्टीका झब्बर राम, नेपाल शिक्षक मंचका अध्यक्ष सुगदेव यादव, नेपाल शिक्षक संघका उपाध्यक्ष योगेन्द्र प्रसाद मेहता, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्र साह सहितका बक्ताहरुले निर्धारित समयमै संविधान निमार्ण हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ