News Category 2079/06/03
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड

दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
आठौं संविधान दिवसको अवसरमा दलित सरोकार मञ्च नेपाल, कञ्चनरुपले आयोजना गरेको ‘संविधान दिवसको अवसरमा, दलित समुदायको संबैधानिक अधिकार कार्यान्वयनको अवस्था र भागी कार्यदिशा’ विषय अन्तरक्रियाको आयोजना गरेको छ ।
अयोजित कार्यक्रमका वक्ताहरुले संविधानले दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरूलाई एकजुट भएर अवाज उठाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा समाजिक अभियन्ता भोला पासवानले संविधान निर्माण भएको ८ वर्ष बितिसक्दा पनि दलित समुदायका मौलिक हक, अधिकार कार्यान्वयन गर्नेसम्बन्धी कानून बन्न नसकेको बताए । उनले संविधान र कानुनले दलित समुदायलाई दिएको अधिकारहरूको बारेमा सो समुदायलाई जागृत गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “पहिलो कुरा संविधान र कानुनले दिएका कुराहरूलाई नागरिकको तहसम्म स्थापित गर्ने तथा विभेदका विरुद्ध लड्न मिल्छ, लड्न पाइन्छ हाम्रो संविधान र कानूनले प्रोत्साहित गर्छ भन्ने कुरा पनि कतिलाई थाहा छैन ।”
दलित संयुक्त संर्घष समिति कञ्चनरुप नगरपालिका संयोजक रामदेश शर्माले दलित समुदायलाई संवैधानिक र कानूनी साक्षरता अति आवश्उक रहेको बताए । समाजमा दलित समुदाय सबैभन्दा तल रहेको भन्दै उनले सो समुदायलाई माथि ल्याउनेर्फ राज्यले गरेको संवैधानिक अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
दलित समुदायको आर्थिक, सामाजिक रुपान्तरण र सबैतिर सहज सहभागिताका लागि राजनीतिक दलहरूले अगुवाइ गर्नुपर्ने दलित अधिकारकर्मी जीवछ सरदारले बताए । दलित समुदायका बालबालिकालाई शिक्षा, रोजगारी, उपचार, राज्यको संयन्त्रमा प्रतिनिधित्व, भूमिहीन र आवासहिनलाई भूमि र आवासको व्यवस्था जस्ता कुराहरू संविधानमा उल्लेख भएपनि त्यसको कार्यान्वयन नभएको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ