News Category 2079/06/03
संविधानसभा सदस्य सदरुल हकको हत्यामा संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संविधान दिवसको अवसरमा संविधान सभा सदस्य सदरुल मियाँ हकको हत्यामा संलग्न रहेकी उनकी छोरीसहित १७ जना कैदीहरु सोमबार रिहा भएका छन् ।
कर्तब्य ज्यान मुद्दामा ९ वर्षदेखी राजविराज कारागारामा रहेकी उनकी छोरी ३२ वर्षिया रुवेदा खातुनसहित १७ जना रिहा भएका हुन् ।
मियाँको २०७० साल जेठ ७ गते साविकको विषणपुरस्थित उनको आफ्नै पेट्रोल पम्पमा सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
अनुसन्धानको क्रममा छोरी रुवेदा समेतको संलग्नता प्रमाणित भएपछी सप्तरी जिल्ला अदालतलको २०७३ कार्तिक ३० गतेको फैसलाले २० वर्ष कैद ठहर भएको थियो । राम्रो आचरण भएकाले बाँकी कैद सजाय मिनाहा भएको जेल प्रशासनले जनाएको छ ।
यस्तै सो दिवसको अवसरमा सरकारले कर्तब्य ज्यान मुद्दाका छिन्नमस्ता गाउँपालिका संंतोष कुमार यादव, विरेन्द्र साह सोनार, राजविराजका रवी मण्डल धानुक र डाक्नेश्वरी नगरपालिकाका अशोक कुमार मण्डल रिहा भएको राजविराज कारागारका जेलर किशोर कुमार रामले जानकारी दिएका छन् ।
यस्तै कर्तब्य ज्यान मुद्दाकै हनुमाननगर कंकालिनी नगरपालिका निवासी सोनेलाल मण्डल, बोदे वरसाईन नगरपालिकाका सुरेश कुमार यादव र उदयपुर कटारी नगरपालिकाका ललित बहादुर माझी पनि रिहा भएका छन् ।
यसैगरि सवारी ज्यान मुद्दाका रुपनी गाउँपालिका ६ का रंजित कुमार भगत, खडक नगरपालिकाका लक्ष्मी प्रसाद चौधरी, अग्नीसाईर कृष्णासवरण गाउँपालिका शम्भु मुखिया, कंचनरुप नगरपालिका अर्जून मण्डल, डाँका मुद्दाका राजविराज निवासी मो.अकबर र चोरी नकवजनी मुद्दाका सप्तकोशी नगरपालिका निवासी विशाल मुखिया र चन्दन मुखिया पनि रिहा भएको जेलर रामले जानकारी दिए ।
कारागारबाट रिहा भएकाहरुलाई लिन पुगेका आफन्त तथा शुभचिन्तकहरुका कारण कारागार बाहिर खचाखच भीड लागेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ