News Category 2079/06/07
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको अन्तिम दिन बिहीबार १ हजार ६ सय २३ महिला र ७ हजार ३ सय ३७ पुरुषले आवेदन दिएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधमका अनुसार प्रदेशको ८ वटै जिल्लामा ११ हजार ८ सय २७ महिला र ५५ हजार ५७ पुरुष गरि ६६ हजार ८ सय ८४ जनाको आवेदन परेको छ ।
प्रदेश प्रहरीका अनुसार सिरहा जिल्लाबाट १ हजार २ सय ९९ महिला र ५ हजार ५ सय २० पुरुष गरि ६ हजार ८ सय १९, धनुषाबाट १ हजार १ सय २५ महिला र ६ हजार ७ सय ९ पुरुष गरि ७ हजार ८ सय ३४, महोत्तरीबाट १ हजार ३ सय ३३ महिला र ५ हजार ९ सय ३९ गरि ७ हजार ३ सय २, सर्लाहीबाट १ हजार ५ सय ७० महिला र ७ हजार ९३ पुरुष गरि ८ हजार ६ सय ६३ जना पुरुषले आवेदन परेको छ ।
यस्तै रौतहटबाट १ हजार १ सय ६३ महिला र ७ हजार ४ सय २० पुरुष गरि ८ हजार ५ सय ८३, बाराबाट २ हजार ४ सय ६६ महिला र ८ हजार ९ सय ३९ पुरुष गरि ११ हजार ४ सय ५ तथा पर्साबाट १ हजार २ सय ४८ महिला र ६ हजार ७० पुरुष गरि ७ हजार ३ सय १८ जनाले म्यादीका लागि आवेदन दिएको जनाइएको छ ।
सरकारले मंसिर ४ गतेको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि भदौ ३० देखी असोज ६ गतेसम्म आवेदन दिन समय तोकेको थियो ।
गृह मन्त्रालयले स्वीकृत गरेको म्यादी प्रहरीको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले दरखास्त दिन पाउनेछन् । छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ । म्यादीले ४० दिनको तलब÷भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ