News Category 2079/06/22
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको आयोजना गरी मित्रमिलन मनायो

दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
वडादशैको अवसरमा प्रत्येक बर्ष झै यस बर्ष पनि राजदेबी राईजिँग क्रिकेट क्लवले १२ औ बर्ष देखि निरन्तर मैत्रीपुर्ण खेलको आयोजना गरी मनाउँदै आएको छ ।
शनिवार राजबिराज वडा २ स्थित सप्तरीको पुरानो उत्कृष्ट क्लवहरू मध्ये राजदेबी राईजिंग कल्वले बि.स २०६७ सालदेखि निरन्तर क्लवसँग आबध पुरानो खेलाडीहरू बिच मैत्रीपुर्ण क्रिकेट खेलको आयोजना गर्दै आएको छ ।
क्लवका साथीहरू बिच प्रत्येक बर्ष बडादशैको अवसरमा पुरानो क्रिकेट खेलाडीहरू बिच मित्रमिलनसँगै एक अर्कासँग शुभकामना आदानप्रदानका लागि कार्यक्रम गर्दै आएको राजदेबी राईजिंग क्रिकेट क्लवका सचिव आयुष श्रेष्ठले बताएका छन् ।
राजबिराजको राजदेबी माबि खेलमैदानमा राजदेबी (ब्लु) टिम राजदेबी (एलो) टिम बिच भएको मैत्रीपुर्ण खेलमा टिम एलोले ब्लुलाई ७ रनले पराजित गरेको छ ।
टस जितेर टिम ब्लुले निर्धारित १५ ओभरको खेलमा सबै बिकेट गुमाई ५९ रनको योगफल खडा गरेका थिए । जवाफमा टिम एलोले १५ ओभरमा ९ बिकेट गुमाई ५२ रन मात्र बनाएपछि एलो टिमको जित हात पारेको हो ।
मैत्रीपुर्ण खेलमा राजदेबी एलो टिम तर्फ आयुष श्रेष्ठ, चन्दनकुमार यादब, अरूण यादब ( राबिनपा २ वडा अध्यक्ष) बैजु देव, गोबिन्द यादब, मुकेश झा, खेलानन्द यादब, पंकज झा, राजेन्द्र साह रहेका थिए ।
त्यस्तै राजदेबी राईजिंग क्रिकेट क्लव (ब्लु) टिममा जगरनाथ साह, कमानन्द यादब, राजेश झा, श्यामु राय, बिनोद रजक, सन्दिप देव, शिवकान्त देव, नितियानन्द यादब, देवेश चौधरी रहेका छन ।
उक्त अवसरमा राजदेबी टिमका पुरानो खेलाडीहरू बिच वडादशै, शुभदिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गरी १२ बर्ष देखि साथीहरू बिच मित्रमिलान कार्यक्रम गरी मनाईएको क्लवका अध्यक्ष चन्दनकुमार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/19 जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
- 2082/05/19 न्यायाधीशहरूको बिदाइ तथा सम्मान
- 2082/05/18 एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”
- 2082/05/17 मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर
- 2082/05/17 भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
- 2082/05/17 पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी
- 2082/05/16 रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
- 2082/05/16 बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
- 2082/05/16 भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
- 2082/05/16 मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ