News Category 2079/08/08
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो, काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सप्तरीको क्षेत्र नं १ को १ मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले)का राजकुमार लेखी ५ हजार एक सय ९८ मतले विजयी भएका छन् । उनले १४ हजार दुई सय ९१ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत प्राप्त गरे ।
यसैगरि सप्तरी ३ को १ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद समिम विजयी भएका छन् । उनले १० हजार ६ सय ३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार रामप्रसाद मण्डलले ८ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् । तेश्रो स्थानमा रहेका एमालेका जोगेन्द्र भगतले ७ हजार ३ सय ४१ मत ल्याए ।
यस्तै सप्तरी क्षेत्र नम्बर १ को २ मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी भएका छन् । मियाँले १६ हजार एक सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुदम्बर यादवले ९ हजार ८ सय ८८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेदवार बद्रीनारायण महत्मान यादवले ६ हजार ६ सय १० मत प्राप्त गरे ।
सप्तरीमा रहेको आठ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा हालसम्म ६ प्रदेशसभा सदस्यको नतिजा आइसकेको छ ।
मतपरिणाम अनुसार जिल्लामा जनमतले सर्वाधिक ४ प्रदेशसभा सदस्य पदमा जित हासिल गरेको छ भने काँग्रेस र नेकपा एमाले एक÷एक प्रदेशसभा सदस्यमा जित हात पारेका छन् । मतगणना जारि रहेको प्रदेशसभा ४ को १ मा एकीकृत समाजवादीका गोबिन्द न्यौपाने ८ हजार ४ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई एमालेका बालकिशोर चौधरीले ४ हजार १९ मतका साथ पच्छ्याइरहेका छन ।
यस्तै ४ को २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्ध प्रसाद सिंहले ६ हजार ५ सय ५६ मत ल्याई अग्रता लिएका छन् । उनलाई जसपाका अभिषेक यादवले ५ हजार १ सय ७ मतका साथ पच्छ्याइरहेका छन् । त्यसैगरि जनमतका केशरराज गुप्ता ४ हजार ४ सय ३७ मतका साथ तेश्रो स्थानमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ