News Category 2079/09/12
लिटिल एन्जेल बिजयी
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित प्रतियोगिता अन्तरगत सोमबारको खेलमा लिटिल एन्जेल स्कुलले क्रिकेट प्रतिष्ठान टिमलाई २ रनले पराजित गरेको छ ।
डब्बल राउन्ड रोबिनको आधारमा संचालन भइरहेको खेलमा टस जितेर लिटिल एन्जेल स्कुलले २० ओभरमा ६ बिकेट गुमाई १ सय ११ रन बनाएको थियो । जसमा निसान्त यादब २३, भिम यादब २२ तथा गोपाल मण्डल १४ रन अविजित खेलेका थिए ।
बलिङतर्फ क्रिकेट बिकास प्रतिष्ठानका पंकज राय २ बिकेट सुमन चौधरी, रितेश राम, कुणाल यादब १÷१ बिकेट हात पारेका थिए । प्रतिउत्तरमा १ सय ११ रनको लक्ष्य लिएका प्रतिष्ठानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ९ रन मै समिति रहयो । जसमा रोहित यादब २२ सुमन चौधरी १७ रन सुशान्त चौधरी, विशाल यादब ११ र रितेश राम १२ र पंकज राय १३ अविजित रहे ।
बलिङतर्फ लिटिल एन्जेलका शिव दासले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा ४ बिकेट, सोहिल आलम, नरेश कामैत २÷२ बिकेट र गोपाल मण्डलले १ बिकेट लिएका थिए । उक्त अवसरमा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले खेलको म्यान अफ दि म्याच शिव दासलाई कप प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ