News Category 2071/07/28
गाविस सचिवहरुको आन्दोलन प्रति निजामती कर्मचारीको ऐक्यवद्धता
दैनिक संवाददाता राजविराज, २७ कात्तिक । गाविस सचिव नन्दी यादवलाई पक्राउ गरेको बिरोधमा आन्दोलनरत गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालको आन्दोलन प्रति नेपाल निजामती कर्मचारी संघ केन्द्रिय कार्य समतिले ऐक्यवद्धता जनाएको छ । नेपाल निजामती कर्मचारी संघका महासचिव शरद कुमार अधिकारीले एक विज्ञप्ती प्रकाशन ऐक्यवद्धता जनाएका हुन । पछिल्लो पटक जिल्ला विकास समिति सप्तरी अन्तर्गत सिम्रहा सिग्यौन गाविस सचिव नन्दी यादवलाई बिना कारण थुनामा राखिएको, रोल्पा जिल्लाको राँक गाविसका तत्कालिन गाविस सचिव खडक बहादुर घर्तीको मुद्दा फिर्ता गर्ने सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालय र गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालबीच च.न.५१७ मिति २०७० जेष्ठ १४ गते भएको सहमति लगायतका अन्य सहमति समेत हाल सम्म कार्यान्वयन नभएको विषयप्रति संघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ । त्यस्तै हस्ताक्षरित विज्ञप्तीमा २०५९ साल देखि हालसम्म नेपाल सरकारले तोकिदिएका थप कार्यहरु गर्दै देशको संक्रमणकालीन अवस्थामा गाविस सचिवहरुले जनप्रतिनिधीमुलक संस्थाको रिक्तता पुर्ती गरिरहेको अवस्थामा गाविस सचिवहरुलाई कार्बाही गर्नुपर्ने भए निजामती सेवा ऐन र नियमावली अनुसार गर्नुपर्नेमा एनेको प्रावधान विपरीत गरिएका सम्पुर्ण कार्बाहीहरु, निजहरु उपर लगाइएका झुठा मुद्धाहरु अबिलमब फिर्ता लिन नेपाल सरकार, गृह मन्त्रलयसँग अपिल गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ