News Category 2079/09/14
लिटिल एन्जेल फाईनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा लिटिल एन्जेलले पिसल्यान्ड टिमलाई ६ बिकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।
कर्णबहादुर बिकको आक्रमक ब्याटिंगले लिटिल एन्जेल स्कुल लगातार तीन खेलमा जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । बिकले २७ वलमा दुई छक्का र ४ चौकाको मद्दतले ५२ रन अविजित खेलेपछि ६ बिकेटले जित हात पा¥यो । जितका लागि ८८ रनको बिजय लक्ष्य पछ्याएको लिटिल एन्जेलले ११ ओभर ३ बलमा ४ बिकेट गुमाई सो लक्ष्य प्राप्त ग¥यो ।
लिटिल एन्जेलका गोपाल मण्डल र जेम्स बिक १२÷१२ रन बनाएका थिए भने नरेश कामैत ७ रन बनाउदै अविजित रहेका थिए । बलिङतर्फ पिसल्यान्डका प्रदिप दास ३ बिकेट र श्यामबाबु मण्डल १ बिकेट लिएका थिए ।
यस अघि टस जितेर पिसल्यान्ड स्कुलले निर्धारित २० ओभरको खेलमा १८ ओभर २ बलमा ८८ रनको योगफल खडा गरेका थिए । जसमा बरूणदेव गामी ३२ रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
बलिङतर्फ लिटिल एन्जेल स्कुलका गोपाल मण्डल ३ बिकेट तथा शिव दास, निसान्त यादब र कर्णबहादुर बिक २÷२ बिकेट लिएका थिए ।
खेलको म्यान अफ दि म्याच लिटिलका कर्णबहादुर बिक घोषित भएको थिए भने घोषित म्यान अफ दि म्याचलाई स्वेडेकका अध्यक्ष मिरा देवले कप प्रदान गरिन् ।
शुक्रबार क्रिकेट बिकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच हुने छ भने बिजय हुने टिमले शनिवार लिटिल एन्जेल स्कुलसँग फाईनल खेल खेल्ने प्रतिष्ठानका अध्यक्ष ई ईन्द्रनारायण देवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ