News Category 2079/09/14
लिटिल एन्जेल फाईनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा लिटिल एन्जेलले पिसल्यान्ड टिमलाई ६ बिकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।
कर्णबहादुर बिकको आक्रमक ब्याटिंगले लिटिल एन्जेल स्कुल लगातार तीन खेलमा जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । बिकले २७ वलमा दुई छक्का र ४ चौकाको मद्दतले ५२ रन अविजित खेलेपछि ६ बिकेटले जित हात पा¥यो । जितका लागि ८८ रनको बिजय लक्ष्य पछ्याएको लिटिल एन्जेलले ११ ओभर ३ बलमा ४ बिकेट गुमाई सो लक्ष्य प्राप्त ग¥यो ।
लिटिल एन्जेलका गोपाल मण्डल र जेम्स बिक १२÷१२ रन बनाएका थिए भने नरेश कामैत ७ रन बनाउदै अविजित रहेका थिए । बलिङतर्फ पिसल्यान्डका प्रदिप दास ३ बिकेट र श्यामबाबु मण्डल १ बिकेट लिएका थिए ।
यस अघि टस जितेर पिसल्यान्ड स्कुलले निर्धारित २० ओभरको खेलमा १८ ओभर २ बलमा ८८ रनको योगफल खडा गरेका थिए । जसमा बरूणदेव गामी ३२ रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
बलिङतर्फ लिटिल एन्जेल स्कुलका गोपाल मण्डल ३ बिकेट तथा शिव दास, निसान्त यादब र कर्णबहादुर बिक २÷२ बिकेट लिएका थिए ।
खेलको म्यान अफ दि म्याच लिटिलका कर्णबहादुर बिक घोषित भएको थिए भने घोषित म्यान अफ दि म्याचलाई स्वेडेकका अध्यक्ष मिरा देवले कप प्रदान गरिन् ।
शुक्रबार क्रिकेट बिकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच हुने छ भने बिजय हुने टिमले शनिवार लिटिल एन्जेल स्कुलसँग फाईनल खेल खेल्ने प्रतिष्ठानका अध्यक्ष ई ईन्द्रनारायण देवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ