News Category 2079/09/28
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
मधेश प्रदेश नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेता गोबिन्द बहादुर न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
उनी सप्तरीको संसदीय निर्वाचन क्षेत्र नं. ४ को १ प्रदेशसभा क्षेत्रबाट प्रदेशसभा सदस्यमा दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि उनी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनले मधेश प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण समेत गराएका छन् ।
मधेश प्रदेशसभामा नेकपा एकीकृत समाजवादीको ७ सीट रहेको छ भने नेकपा एमालेको २३ सीट, काँग्रेसको २२, जसपाको १६, जनमतको १३, लोसपाको ९ र माओवादीको ८ सीट छ । त्यसैगरी राप्रपा, नागरिक उन्मुक्ती पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १÷१ र स्वतन्त्रको ६ सिट छ ।
योसँगै सप्तरीबाटै मधेश प्रदेश संसदीय दलको नेता हुनेको संख्या दुई पुगेको छ । यसअघि जनमत पार्टीबाट महेश प्रसाद यादव संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए । उनी संसदीय क्षेत्र नं. २ को प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ