News Category 2079/12/02
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
सप्तरीमा संचालित विकासीय योजनाहरुको काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार आयोजित छलफल कार्यक्रममा योजनाका ठेकेदार, जनप्रतिनीधी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुलाई समेत राखेर त्यस्तो निर्देशन दिइएको हो ।
प्रमुख प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतमा आयोजित छलफलमा ३÷३ पटक म्याद थप्दा पनि कतिपय योजनाको काम अझै अधुरो रहेको भन्दै त्यसबाट जनताले सास्ती समेत पाउने अवस्था आएको उनले बताए ।
राजविराज वसपार्क र हटियाको सपिङ कम्प्लेक्स निर्माणको ३÷३ पटक म्याद थप्दा पनि अझै अधुरा रहेकोले त्यस्ता ढिलासूस्ती अब सहन नहुने उनले जनाए । त्यस्तै जिल्लामा संचालित सिरहा सडक, हुलाकी सडक, रुपनी सडक लगायतका योजनाको काम पनि छिट्टै सम्पन्न गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्य दिनेश कुमार यादवले पटक पटक म्याद थपेर पनि योजनाहरु अधुरै रहनु लाजमर्दाे कुरा रहेको भन्दै यसले जनतालाई समेत पीडा पुगी रहेको तर्फ ध्यानाकर्षण गराएका थिए ।
राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इशरत प्रविणले म्याद गुज्रेर पनि काम अधुरो रहेको अवस्थामा व्यवहारिकतालाई ध्यानमा राखी आपृmहरुले म्याद थप गर्दा समेत काम पुरा नगरेर ढाँटने काम मात्र भइरहेको भन्दै यस्तो पाराले विकासीय काममा लगाएको लगानी समेत निरर्थक हुने अवस्था आएको बताईन । उनले अब ठेकेदारले गर्ने कुनै पनि वहाना उपर सुनवाई नहुने सचेत गराउँदै थपिएको म्याद भित्र पनि काम नसक्नेलाई कानुन बमोजिम कारवाही हुने समेत चेतावनी दिइन ।
प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले वसपार्क निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गर्दा सडक किनारबाटै सवारी साधन संचालन भइरहेको र यसबाट दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको बताए ।
छलफलमा ठेकेदार कम्पनीका प्रतिनीधीहरुले कोरोना, मंहगी, समय मै साईड क्लियरेन्सको अभाव लगायतका कारण ढिलाई भएको स्विकार्दै अव समय मै काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा जिल्लामा संचालन रहेका योजनाहरु संग सम्बन्धित कार्यालयका प्रमुखहरु, यातायात व्यवसायी, यातायात मजदुर, जनप्रतिनीधी, संचारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । .
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ