News Category 2079/12/02
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
सप्तरीमा संचालित विकासीय योजनाहरुको काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार आयोजित छलफल कार्यक्रममा योजनाका ठेकेदार, जनप्रतिनीधी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुलाई समेत राखेर त्यस्तो निर्देशन दिइएको हो ।
प्रमुख प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतमा आयोजित छलफलमा ३÷३ पटक म्याद थप्दा पनि कतिपय योजनाको काम अझै अधुरो रहेको भन्दै त्यसबाट जनताले सास्ती समेत पाउने अवस्था आएको उनले बताए ।
राजविराज वसपार्क र हटियाको सपिङ कम्प्लेक्स निर्माणको ३÷३ पटक म्याद थप्दा पनि अझै अधुरा रहेकोले त्यस्ता ढिलासूस्ती अब सहन नहुने उनले जनाए । त्यस्तै जिल्लामा संचालित सिरहा सडक, हुलाकी सडक, रुपनी सडक लगायतका योजनाको काम पनि छिट्टै सम्पन्न गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्य दिनेश कुमार यादवले पटक पटक म्याद थपेर पनि योजनाहरु अधुरै रहनु लाजमर्दाे कुरा रहेको भन्दै यसले जनतालाई समेत पीडा पुगी रहेको तर्फ ध्यानाकर्षण गराएका थिए ।
राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इशरत प्रविणले म्याद गुज्रेर पनि काम अधुरो रहेको अवस्थामा व्यवहारिकतालाई ध्यानमा राखी आपृmहरुले म्याद थप गर्दा समेत काम पुरा नगरेर ढाँटने काम मात्र भइरहेको भन्दै यस्तो पाराले विकासीय काममा लगाएको लगानी समेत निरर्थक हुने अवस्था आएको बताईन । उनले अब ठेकेदारले गर्ने कुनै पनि वहाना उपर सुनवाई नहुने सचेत गराउँदै थपिएको म्याद भित्र पनि काम नसक्नेलाई कानुन बमोजिम कारवाही हुने समेत चेतावनी दिइन ।
प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले वसपार्क निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गर्दा सडक किनारबाटै सवारी साधन संचालन भइरहेको र यसबाट दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको बताए ।
छलफलमा ठेकेदार कम्पनीका प्रतिनीधीहरुले कोरोना, मंहगी, समय मै साईड क्लियरेन्सको अभाव लगायतका कारण ढिलाई भएको स्विकार्दै अव समय मै काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा जिल्लामा संचालन रहेका योजनाहरु संग सम्बन्धित कार्यालयका प्रमुखहरु, यातायात व्यवसायी, यातायात मजदुर, जनप्रतिनीधी, संचारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । .
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ