News Category 2079/12/02
बहिनीसँगै सुतेकी दिदीले गरिन आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बुधवार राती एक किशोरीले झ्ुण्डिएर आत्महत्या गरेकी छिन ।
सो नगरपालिका वडा नं. १४ निवासी ब्रहमदेव मुखियाकी १८ वर्षिया छोरी आशा कुमारीले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
१२ वर्षिय बहिनी अञ्जलीसँगै एउटै कोठामा सुतेकी आशा घाटीमा शलको पासो लगाई कोठाको बाँसको बलोमा झुण्डिएको अवस्थामा राती १ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खाना खाएर दिदीसंगै एउटै ओछ्यानमा सुतेकी बहिनी अञ्जलीले दिदी कहिले उठेर झुण्डिएर आत्महत्या गरिन भन्ने चाल नै पाईनन् । राती १ बजेतिर कुनै कामले आमा ढोका खोल्न आईपुगे पछी मात्र उनले सो बारे थाहा पाएको प्रहरीको भनाई छ । राती अचानक आमाले ढोका खोल भन्दै चिच्याएपछी जागेकी उनले ढोका खोलेकी थिइन । त्यसपछि मात्र उनले दिदी झुण्डिएको अवस्थामा देखेको बताईन ।
घटनाबारे खबर पाए लगतै प्रहरी चौकी रम्पुरा महलनियाबाट पुगेको टोलीले परिवारजनसँग सोधपुछ तथा घटना स्थल मुचुल्का लगायतका प्रक्रिया पुरा गरी मृतकको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह असपताल पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ