News Category 2079/12/06
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
मतदान सकिएको २४ घण्टा बितिसक्दा पनि विवादका कारण राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पसको स्ववियु निर्वाचनको मतगणना सुरु हुन सकेको छैन् । आइतबार दिउँसो ४ बजे सम्पन्न निर्वाचनको सोमबार राती ९ बजेसम्म पनि मतगणना सुरु हुन सकेको थिएन् ।
अघिल्लो दिन आइतबार विद्यार्थी संगठनबीच एक आपसमा झडप र क्याम्पसमा भएको तोडफोड जस्ता घटना र तनावपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरिएपनि मतगणनाको विषयलाई लिएर विद्यार्थी संगठनहरुको आ–आफ्नै अडानमै रहेका थिए ।
मतगणनाको विषयलाई लिएर बिहान ११ बजेदेखी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, क्याम्पस प्रमुख राजिव मिश्रा, निर्वाचन अधिकृत रामअशिष यादव, विभिन्न दल निकटको विद्यार्थी संगठनका प्रतिनिधिहरुले क्याम्पसमा बसी छलफल गरि सहमतिको प्रयास गरे पनि सफल हुन सकेको थिएन् ।
क्याम्पस प्रमुख मिश्राले बैठकमा सहमतिको निकै प्रयास गरिएपनि सफल हुन नसकेको बताए । बिहान ११ बजेदेखी सुरु भएको छलफल साँझ ७ बजेसम्म पनि निष्कर्षमा पुग्न नसकेको तथा चार दल निकटका विद्यार्थी संगठनका प्रतिनिधिले आन्तरिक छलफलका लागि भन्दै थप एक घण्टाको समय माग्दै निष्केको उनले सुुनाए ।
भित्र बैठक चलिरहँदा बाहिर भने विद्यार्थीहरुको एउटा समूहले मतगणना अविलम्ब सुरु गर्न नाराबाजी गरिरहे भने अर्को समूहले निर्वाचन बदर गरि पुनः चुनाव गर्नुपर्ने माग गर्दै अबेर साँझसम्म नाराबाजी गरिरहे ।
नेपाली काँग्रेस निकटको नेबि संघ, एमाले निकटको अनेरास्ववियु, एकीकृत समाजवादी निकटको अनेरास्ववियु र जनमत पार्टी निकटको विद्यार्थी जनमत संघले आइतबार सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गर्दै प्रदर्शनमा उत्रेका छन् ।
अघिल्लो दिन सम्पन्न निर्वाचनमा निर्वाचन समितिका पदाधिकारीहरुले समाजवादी विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानललाई जिताउने गरि एकपक्षिय रुपमा मतदानको समय तालिका मिलाएको चार विद्यार्थी संगठनको आरोप छ । उनीहरुले धाँधलीपूर्ण तरिकाले गराइएको निर्वाचन खारेजसँगै निर्वाचन अधिकृत रामअशिष यादवलाई जिम्मेवारीबाट हटाउन समेत माग गरेका छन् ।
समाजवादी विद्यार्थी युनियन र सो गठबन्धनमा रहेका संगठनका विद्यार्थी नेताहरुले भने निर्वाचनमा कुनै धाँधली नभएको दाबी गर्दै सम्पन्न निर्वाचनको मतगणना तत्काल सुरु गर्नुपर्ने अडान लिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ