News Category 2079/12/20
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र को. बर्साइन भिड्ने
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनबीच हुनेछ ।
सोमबार सम्पन्न खेलमा वडा नं. ७ मन्सापुरलाई ५ विकेटले पराजित गर्दै वडा नं. ४ कोइलाडी फाइनलमा प्रवेश गरेको हो । यसअघि नै वडा नं. को. बर्साइन फाइनलमा प्रवेश भइसकेको छ ।
गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाका अनुसार शनिबार वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनबीच फाइनल खेल हुनेछ ।
टस जितेर ब्याटिङ्ग गरेको मन्सापुरले कमजोर ब्याटिङ्ग प्रदर्शन गर्दा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । मन्सापुरका लागि सुवेश मण्डलले सर्वाधिक ३५ रन बनाए भने महेश मण्डलले अविजित २८ र चेतन यादवले १८ रन बनाए । कोइलाडीका लागि रोशन मण्डलले २ तथामो. गुड्डु र बिहारी मण्डलले १÷१ विकेट लिए ।
जितको लागि १०२ रनको लक्ष्य पछ्याएको कोइलाडी टिम १६ ओभर २ बलमा ५ विकेट गुमाई विजयी हासिल गर्दै फाइनल प्रवेश गरेको हो । कोइलाडीका लागि देवेश मण्डलले अविजित २८, मो. गुड्डुले १५, रोशन मण्डलले ११ र जितेन पासवानले १० रनको योगदान दिए । मन्सापुरका लागि चेतन यादव र राजकुमार मण्डलले २÷२ तथा देवकी नन्दन मण्डलले १ विकेट लिए । उक्त खेलमा कोइलाडीका रोशन मण्डललाई म्यान अफ द म्याच घोषित गरिएको प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/03 शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
- 2082/11/03 उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ