News Category 2080/01/15
छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने
दैनिक समाचारदाता
राजविराज, १५ वैशाख ।
छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकाको टिम फाइनलमा प्रवेश गरेको छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा दुबै टिम पुगेका हुन् ।
शुक्रबार सम्पन्न दुई सेमीफाइनल खेलमा रुपनी गाउँपालिकाले तिलाठी कोइलाडी गाउँपालिकालाई ६ विकेटले र दोस्रो सेमीफाइनल खेलमा खेलको नियम विपरित अनुशासनहिन तथा खेल भावना विपरित कार्य गरेकाले कञ्चनरुप नगरपालिकाको टिमलाई अयोग्य घोषित गरिएपछि छिन्नमस्ता गाउँपालिकाको टिम फाइनलमा प्रवेश पाएको हो ।
पहिलो सेमीफाइनल खेलमा टस हारेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिकाको टिम १६ ओभर १ बलमा ७३ रनमा अलआउट भयो । रुपनीका सुनिल धमलाले ४ ओभरमा १ मेडेन राख्दै ११ रन खर्चेर ४ विकेट लिए भने राशिद खानले ४ ओभरमा १ मेडेन राख्दै १६ रनमा ३ विकेट लिए । यसैगरी अरनिको यादव र अशोक मेहताले १÷१ विकेट लिए । तिलाठी कोइलाडीका लागि रोविन सिंहले २२, विकास दासले १७तथा रोहनविकले १२ रनको योगदान गरेका थिए ।
जितको लागि ७४ रनको लक्ष्य रुपनी गाउँपालिकाको टिमले १० ओभर ४ बलमा ४ विकेट गुमाई हासिल ग¥यो । जसमा विकास दासले अविजित ३८ रन र सुनिल धमलाले २४ रनको योगदान दिए ।
तिलाठीका लागि दिपेश सरदार र विकास दासले समान २÷२ विकेट लिए । उक्त खेलमा रुपनी गाउँपालिकाका सुनिल धमलालाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले म्यान अफ द म्याच प्रदान गरे ।
दोस्रो सेमीफाइनलमा नियम विपरित अनुशासनहिनता तथा खेल भावना विपरित प्रदर्शन गरेपछि कञ्चनरुप नगरपालिकाको टिमलाई आयोजक समितिले खेल्न अयोग्य घोषित गरेको थियो ।
कञ्चनरुपको टिमलाई अयोग्य घोषित गरेपछि विपक्षी छिन्नमस्ता गाउँपालिकाको टिमले फाइनलमा स्थान बनाएको हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधिअधिकृत अमित पाठकले जानकारी दिए । शनिबार छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकाको टिमबीच फाइनल खेल हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ