News Category 2080/01/15
छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने
दैनिक समाचारदाता
राजविराज, १५ वैशाख ।
छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकाको टिम फाइनलमा प्रवेश गरेको छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा दुबै टिम पुगेका हुन् ।
शुक्रबार सम्पन्न दुई सेमीफाइनल खेलमा रुपनी गाउँपालिकाले तिलाठी कोइलाडी गाउँपालिकालाई ६ विकेटले र दोस्रो सेमीफाइनल खेलमा खेलको नियम विपरित अनुशासनहिन तथा खेल भावना विपरित कार्य गरेकाले कञ्चनरुप नगरपालिकाको टिमलाई अयोग्य घोषित गरिएपछि छिन्नमस्ता गाउँपालिकाको टिम फाइनलमा प्रवेश पाएको हो ।
पहिलो सेमीफाइनल खेलमा टस हारेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिकाको टिम १६ ओभर १ बलमा ७३ रनमा अलआउट भयो । रुपनीका सुनिल धमलाले ४ ओभरमा १ मेडेन राख्दै ११ रन खर्चेर ४ विकेट लिए भने राशिद खानले ४ ओभरमा १ मेडेन राख्दै १६ रनमा ३ विकेट लिए । यसैगरी अरनिको यादव र अशोक मेहताले १÷१ विकेट लिए । तिलाठी कोइलाडीका लागि रोविन सिंहले २२, विकास दासले १७तथा रोहनविकले १२ रनको योगदान गरेका थिए ।
जितको लागि ७४ रनको लक्ष्य रुपनी गाउँपालिकाको टिमले १० ओभर ४ बलमा ४ विकेट गुमाई हासिल ग¥यो । जसमा विकास दासले अविजित ३८ रन र सुनिल धमलाले २४ रनको योगदान दिए ।
तिलाठीका लागि दिपेश सरदार र विकास दासले समान २÷२ विकेट लिए । उक्त खेलमा रुपनी गाउँपालिकाका सुनिल धमलालाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले म्यान अफ द म्याच प्रदान गरे ।
दोस्रो सेमीफाइनलमा नियम विपरित अनुशासनहिनता तथा खेल भावना विपरित प्रदर्शन गरेपछि कञ्चनरुप नगरपालिकाको टिमलाई आयोजक समितिले खेल्न अयोग्य घोषित गरेको थियो ।
कञ्चनरुपको टिमलाई अयोग्य घोषित गरेपछि विपक्षी छिन्नमस्ता गाउँपालिकाको टिमले फाइनलमा स्थान बनाएको हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधिअधिकृत अमित पाठकले जानकारी दिए । शनिबार छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकाको टिमबीच फाइनल खेल हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
- 2083/02/12 भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ