News Category 2071/09/01
जिल्लाको समग्र विकासलगायत ४९ सुत्रिय मागसहित नेकपा संयुक्तद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, २९ मंसिर ।
जिल्लाको समग्र विकाससहित विभिन्न ४९ सूत्रिय माग अघि सार्दै नेकपा संयुक्तले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
धर्मनिरपेक्ष, संघीयता, लोकतान्त्रिक, गणतन्त्रमा आधारित जनपक्षिय संविधान निर्माणको कार्य तोकिएकै समयअवधीभित्र सम्पन्न गराउनलगायतका माग राख्दै नेकपा संयुक्त जिल्ला कार्य समिति सप्तरीको नेतृत्वमा जनदबाब अभियान अन्तरगत ¥याली निकाली राजविराज नगर परिक्रमा गर्दै प्रशासन कार्यालयमा सो ज्ञापन बुझाएको हो ।
बुझाइएको ज्ञापनमा शान्ति प्रक्रियालाई पुरा गर्न सत्य निरुपम तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगलाई तत्काल पूर्णता दिन, भ्रष्टाचारको अन्त गर्न भ्रष्टाचारी ठहर भएकाहरुलाई तुरुन्त कडा कारवाहीको माग, महिला बिरुद्ध हिंसाका घटनाहरु रोक्नका लागि कडा कानुन निर्माण गरि कार्यानवयन गर्न लगायतका मागहरु रहेका छन् ।
यस्तै किसानको हित संरक्षण गर्ने ठोस योजना सार्वजनिक गर्न, हुलाकी राजमार्गको अविलम्ब निर्माण गर्न, अकासिदो महँगी नियन्त्रण तथा कालाबजारी र मुनाफाखोरीहरुमाथी कारवाहीको ज्ञापनमा माग गरिएको छ ।
त्यसैगरि खाना पकाउने ग्यासको आपूर्ती, सहज गर्न, सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न तथा किसान र कृषि श्रमिकका लागि विशेष राहत योजना लागु गर्न, चन्द्र नहरको पुननिर्माण गर्न, हरेक खेतमा पानीको पहुँच पु¥याउन माग गरिएको छ ।
सो ज्ञापनमा राजविराजको बैज्ञानिक पुनसीमांकन गरि उपमहानगरपालिका घोषणा गर्न, राजविराजमा हवाई सेवा संचालन गर्नका लागि पक्की धावनमार्ग अविलम्ब निर्माण, राजविराज रंगशालाको विकास र आधुनिकीकरण गर्न, निशुल्क औषधी वितरणमा जनताको पहुँच कायम गर्नुका साथै पारदर्शी बनाउन, कंचनरुप, शम्भुनाथ र सप्तकोशी नगरपालिकाको पुर्वाधार विकास निर्माण योजना तुरुन्त चालु गर्न लगायतका मागहरु समेटिएको छ ।
सम्पूर्ण मागहरुसहितको ज्ञापनपत्र नेकपा संयुक्तका जिल्ला अध्यक्ष मदन मोहन चौधरीले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव मार्फत प्रधानमन्त्री बुझाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ