News Category 2071/09/01
जिल्लाको समग्र विकासलगायत ४९ सुत्रिय मागसहित नेकपा संयुक्तद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, २९ मंसिर ।
जिल्लाको समग्र विकाससहित विभिन्न ४९ सूत्रिय माग अघि सार्दै नेकपा संयुक्तले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
धर्मनिरपेक्ष, संघीयता, लोकतान्त्रिक, गणतन्त्रमा आधारित जनपक्षिय संविधान निर्माणको कार्य तोकिएकै समयअवधीभित्र सम्पन्न गराउनलगायतका माग राख्दै नेकपा संयुक्त जिल्ला कार्य समिति सप्तरीको नेतृत्वमा जनदबाब अभियान अन्तरगत ¥याली निकाली राजविराज नगर परिक्रमा गर्दै प्रशासन कार्यालयमा सो ज्ञापन बुझाएको हो ।
बुझाइएको ज्ञापनमा शान्ति प्रक्रियालाई पुरा गर्न सत्य निरुपम तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगलाई तत्काल पूर्णता दिन, भ्रष्टाचारको अन्त गर्न भ्रष्टाचारी ठहर भएकाहरुलाई तुरुन्त कडा कारवाहीको माग, महिला बिरुद्ध हिंसाका घटनाहरु रोक्नका लागि कडा कानुन निर्माण गरि कार्यानवयन गर्न लगायतका मागहरु रहेका छन् ।
यस्तै किसानको हित संरक्षण गर्ने ठोस योजना सार्वजनिक गर्न, हुलाकी राजमार्गको अविलम्ब निर्माण गर्न, अकासिदो महँगी नियन्त्रण तथा कालाबजारी र मुनाफाखोरीहरुमाथी कारवाहीको ज्ञापनमा माग गरिएको छ ।
त्यसैगरि खाना पकाउने ग्यासको आपूर्ती, सहज गर्न, सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न तथा किसान र कृषि श्रमिकका लागि विशेष राहत योजना लागु गर्न, चन्द्र नहरको पुननिर्माण गर्न, हरेक खेतमा पानीको पहुँच पु¥याउन माग गरिएको छ ।
सो ज्ञापनमा राजविराजको बैज्ञानिक पुनसीमांकन गरि उपमहानगरपालिका घोषणा गर्न, राजविराजमा हवाई सेवा संचालन गर्नका लागि पक्की धावनमार्ग अविलम्ब निर्माण, राजविराज रंगशालाको विकास र आधुनिकीकरण गर्न, निशुल्क औषधी वितरणमा जनताको पहुँच कायम गर्नुका साथै पारदर्शी बनाउन, कंचनरुप, शम्भुनाथ र सप्तकोशी नगरपालिकाको पुर्वाधार विकास निर्माण योजना तुरुन्त चालु गर्न लगायतका मागहरु समेटिएको छ ।
सम्पूर्ण मागहरुसहितको ज्ञापनपत्र नेकपा संयुक्तका जिल्ला अध्यक्ष मदन मोहन चौधरीले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव मार्फत प्रधानमन्त्री बुझाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ