News Category 2071/09/02
कारागारमा मानिस बस्ने अवस्था छैन् ः आयुक्त पाठक
दैनिक संवाददाता
राजविराज, १ पुस ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकलगायत सम्मिलित एक टोलीले मंगलबार राजविराजस्थित सप्तरी कारागारको निरिक्षण गर्नुभएको छ ।
निरिक्षणको क्रममा मानवअधिकार आयोगका आयुक्त सुदिप पाठकले कारागार पूर्ण रुपले जिर्ण भइसकेको अवस्थामा सरकारले अविलम्ब यहाँका कैदीबन्दीलाई नयाँ भवनमा सार्नु पर्ने जानकारी दिनुभएको छ । उहाँले कारागारमा मानव बस्ने अवस्था नै नरेहकोले कुनै पनि बेला भवनमा दुर्घटना समेत हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको जानकारी दिनुभयो ।
आयुक्त पाठकले एक महिनाको अवधीमा विभिन्न जिल्लामा रहेको करिब २० वटा कारागारको निरिक्षण गरिसकेको बताउनुहुँदै अधिकांश कारागारहरुको अवस्था मध्ये सप्तरी कारागारको अवस्था अत्यन्त नाजुक र संवेदनशिल रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय मानवअधिकार आयोगले आउँदो ६ वर्ष भित्र मुलुकको सम्पूर्ण कारागारलाई यातना मुक्त कारागार बनाउने लक्ष्य लिएको जानकारी दिँदै सोही अनुसार मुलुकभरि मानवअधिकार आयोगका विभिन्न टोलीहरु कारागार निरिक्षणका लागि खटिएको उल्लेख गर्नुभयो ।
उहाँले कारागार भित्रका कैदी बन्दीहरुसँग भवनको अवस्था, राज्यले दिएको सेवा सुविधा, सुरक्षा र यातना सम्बन्धि जानकारी लिनुभयो । निरिक्षणका क्रममा कारागार भित्र रहेको लाइबे्ररी, कैदी बन्दी सुत्ने कोठा, शैचालय, खानेपानीलगायतको अवस्था बारे कैदी बन्दीहरुसँग जानकारी लिनुभयो ।
सप्तरी कारागारको निरिक्षण पश्चात् सदस्य पाठकले संचारकर्मीलाई भन्नुभयो, “कारागारमा मानिस बस्ने अवस्था छैन् यसका लागि सरकारलाई हामी चाडो भन्दा चाडो कैदी बैदीलाई नया भवनमा सार्ने सुझाव दिनेछौं ।”
सो अनुगमन टोलीसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानसिंह बोहरा, कारागार प्रशासनका कर्मचारीहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ