News Category 2071/09/03
एक महिनापछि महतो सकुशल मुक्त अपहरणका मुख्य अभियुक्त मामा पर्ने पक्राउ
दैनिक संवाददाता
राजविराज, २ पुस ।
अपहरण भएको एक महिनापछि सिरहाको लहान नगरपालिका ३ निवासी गाडी व्यवसायी गुरुदयाल महतो अपहरण मुक्त भएका छन् । उनलाई बुधबार बिहान भारतको सुपौल जिल्लास्थित चुडीवनबाट सप्तरी र सिरहा प्रहरीको सहयोगमा सकुशल मुक्त गराइएको हो ।
अंचल प्रहरी कार्यालय सगरमाथा राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ प्रहरी उपरिक्षक रमेश कुमार भट्टराईले अपहरित महतोलाई सप्तरी र सिरहा प्रहरीको संयुक्त प्रयासमा एक महिनापछि अपरहण मुक्त गराउन सफल भएको जानकारी दिनुभयो ।
महतोको अपहरणमा संलग्न ८ जना मध्ये मुख्य अभियुक्त भारतको मधुवनी जिल्लास्थित डुबरवना १ निवासी ३९ वर्षिय महेन्द्र महतोलाई पक्राउ गरिएको छ । यता अपहरणमा संलग्न अन्य अभियुक्त उनका भाई बिरेन्द्र महतोलाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने अन्य अभियुक्तहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका महतो रामदयालको मामा पर्ने आफन्त रहेको प्रहरीले जनाएको छ ।
गत कात्तिक २९ गते सिरहाको लहानबाट को. १ च ६६४१ नम्बरको आफ्नै गाडीमा दुई जनालाई लिएर इटहरीतर्फ गएको र सोही दिन इटहरीबाट सिरहाको गोलबजारतर्फ फर्किदै गर्दा सप्तरीको पंसेराबाट गाविस ७ बाट महतो अपहरणमा परेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक केदार ढकालको संयोजकत्वमा गठित अनुसन्धान टोली, प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो, क्षेत्रिय प्रहरी कार्यालय विराटनगर, अंचल प्रहरी कार्यालय राजविराज, जिल्ला प्रहरी कार्यालय सप्तरी, सिरहा र ईलाका प्रहरी कार्यालय लहान प्रहरीको प्राविधिक सहयोग समेत रहेको उहाँले जानकारी दिनुभयो ।
सोही पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानसिंह बोहरा, सिरहाका प्रहरी उपरिक्षक रामकृपाल साह, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक केदार ढकाल, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुँयाल, ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छोटेलाल कामती लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ