News Category 2071/09/12
का“ग्रेस र एमालेले २०४७ सालकै संबिधान ल्याउन खोजेको सभासद् यादवको आरोप
दैनिक संवाददाता
राजविराज, ११ पुस ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सभासद् उमेश कुमार यादवले काँग्रेस र एमालेले दुई तिहाईको बहुमतको आधारमा २०४७ सालकै संबिधान ल्याउन खोजेको आरोप लगाउनु भएको छ ।
विश्व कम्युनिष्टका आदर्श नेता माओत्सेतुङको १२२ जन्म जयन्तीको अवसरमा एमाओवादी सप्तरी क्षेत्र नम्बर ३ द्वारा शुक्रबार राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले सो आरोप लगाउनु भएको हो ।
उहाँले उत्पीडित जनतालाई अधिकार बिहीन बनाउने खालको संविधान काँग्रेस एमालेले बनाउन खोजेको आरोप समेत लगाउनुभएको छ ।
संबिधान निमार्णमा काँग्रेस र एमाले बाधक रहेको बताउनुहुँदै सभासद् यादवले उत्पीडित जनताको सदन र सडकबाट जनताको एजेण्डालाई संविधानमा स्थापति गराउन परिवर्तनकारी शक्तिहरु मोर्चा बन्दी भएको जिकिर गर्नुभयो ।
क्षेत्रीय संयोजक भागवत यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाओवादीका छेदी रजक विमल, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य देवराम यादव, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य संजय परियार, माओवादीका जिल्ला सदस्य भन्नालाल यादव, शर्मिला गौतम साह, बिसहरिया गाउँ कमिटीका भैरब चौधरी लगायतले पार्टीभित्रको अन्तर द्वन्द्वलाई व्यवस्थापन गर्दै माओको बिचारलाई जनजन सम्म पु¥याउनुपर्ने बताएका छन् ।
एमाओवादीका राजविराज नगर संयोजक केदार देवद्वारा सञ्चालित कार्यक्रममा शहिद परिवारका कबिता ठाकुरले स्वागत गर्नुभयो । यस्तै माओ जयन्तीको अवसरमा शुक्रबारै सप्तरीको क्षेत्र न. ६ को बोदेबर्साइन आयोजित कार्यक्रममा एमाआवादीका नेता असर्फी सदा, प्रथम लाल राम लगायतकाले बोल्नुभयो ।
यस्तै सप्तरीको क्षेत्र न. १ को कन्चनपुरमा, २ को हनुमाननगरमा क्षेत्र नम्बर ४ को पातोमा, क्षेत्र नम्बर ५ को कठौना बजारमा १२१ औं माओ जयन्ती मनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ