News Category 2080/05/06
आत्महत्याका घटना बढ्दो
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
सप्तरीमा आत्महत्याका घटना पुनः बढ्दै गइरहेको छ । पछिल्लो सात दिनको अवधीमा जिल्लामा चार जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा आ.ब. २०७९÷२०८० मा १ सय ६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । त्यस्तै आ.ब. २०७८÷२०७९ मा १ सय ३६ जना र आ.ब. २०७७÷२०७८ मा १ सय १५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक समस्यादेखि प्रेम सम्बन्ध, घरायसी तनाव, श्रीमान श्रीमतीबीच आपसी असमझदारी, असफलता, वेरोजगारी, ऋणको भार लगायतका कारणले आवेशमा आई आत्महत्याको बाटो रोज्ने गरेको पाइएको भन्दै प्रहरीले यसको न्यूनिकरणका लागी सचेतना अभियान चलाए पनि आत्महत्याको दर बढ्ने क्रम नरोकिनु दुःखद छ ।
पछिल्लो पटक बुधबार खडक नगरपालिका वडा नं. ८ मुसहरनिया निवासी गोविन्द मण्डलकी १९ वर्षिया श्रीमती सरस्वती कुमारी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
आफ्नै कोठाको दलिनमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा उनको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिहले उनको शव पोस्टमार्टमका लागी अस्पताल पठाई थप अनुसन्धान थालिएको जानकारी दिए ।
केही दिन अघि मात्र नवविवाहिता सरस्वतीको विवाह भएको थियो । गोविन्दसँग वैवाहिक जीवनमा बाँधीएकी सरस्वतीले के कुन कारणले त्यस्तो गरेकी होलान भन्ने विषयमा समेत अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।
सरस्वतीका आफन्तले घट्नाको गहिरो अनुसन्धान हुनु पर्न माँग गरेका छन् । घरायसी विवादका कारण आवेशमा आई आत्महत्याको बाटो रोजेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।
यस्तै पाँच दिन अघि मात्र राजविराज नगरपालिका १ डुमरी शिवथानकी २८ वर्षिया पुष्पा यादव, हनुमाननगर कंकालिनी नगरपालिका १ का १६ वर्षिय दिपककुमार साह र कंचनरुप नगरपालिका ४ कविलासाका १७ वर्षिय घनश्याम मण्डल आ–आफ्नै कोठामा सिलिङ्ग फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
तीनै जनाले घरायसी विवादका कारण आत्महत्या गरेको निष्कर्षसहित प्रहरीले अनुसन्धान जारी राखेको वेला एक साता भित्रै त्यस्तै प्रकृतिको चौथो घट्नाले स्थानीय र प्रहरीलाई चिन्तित तुल्याएको छ । घर परिवार र समाजले बेलैमा ध्यान दिएर सकारात्मक ढंगले समाधानको प्रयास गरे आत्महत्याका घट्ना न्युनीकरण गर्न ठूलो बल पु¥याउने सुझाव समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ