News Category 2071/10/05
युवा विद्यार्थीको अगुवाइमा सिटी जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ४ माघ ।
संविधानसभाबाट सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणका लागि आन्दोलनमा उत्रेका संयुक्त आन्दोलन परिचालन समिती सप्तरीले आइतबार आन्दोलनका कार्यक्रमहरु राजविराजमा अनुसार सिटी जुुलुस प्रदर्शन गरेको छ ।
संयुक्त आन्दोलन परिचालन समिती सप्तरीका युवा विद्यार्थीको अगुवाइमा निस्केको सिटी जुलुसले नगरको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा कोणसभा गरेको छ ।
सो सभास बोल्दै वक्ताहरुले नयाँ बन्ने संविधान सहमतिको आधारमा हुनुपर्ने माग गर्दै प्रक्रियाको आधारमा आए त्यस संविधानलाई नमान्ने उद्घोष गरे ।
सो सभामा विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादव, युवा नेता तारकेश्वर यादव, तेजनारायण यादव, विद्यार्थी फोरमका विशाल यादव, श्याम कुमार यादव, युवा फोरमका सुभाष मण्डललगायतकाले बोन्लु भएको थियो ।
सो समितिमा एमाओवादी, मधेशी दलहरु, बैद्य नेतृत्वको नेकपा माओवादीसहितको मोर्चा, जेपी गुप्ताको संयोजनमा रहेको तमरा अभियान, मातृका यादव नेतृत्वको मोर्चा, पद्यमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजातीससहितको मोर्चा लगायतका दलहरु रहेका छन् ।
संयुक्त आन्दोलन परिचालन समितिले माघ ५ गते मसाल जुलुस र माघ ६ गते सशक्त रुपमा आमहडताल गर्ने कार्यक्रमहरु रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ