News Category 2071/10/05
विनविन कम्पनीले सप्तरीका सयौ युवाबाट करोडौ रकम ठगि गरेको खुलासा
शुभ नारायण यादव
राजविराज, ४ माघ ।
नेपालमा युनिटी नेटवर्ककै प्रकृतिको बिनविन टे«डमार्क प्रालिका नाममा भारतको प्रसिद्ध तीर्थस्थल बनारसमा बसेर सप्तरीका सयौ नेपालीबाट करोडौ रकम ठगी गरेको रहस्य खुलेको छ ।
भारतको देहरादुन, गोरखपुर, नैनीताल जस्ता नेपाली बाहुल्य क्षेत्रमा कार्यालय खोलि सिमा क्षेत्रमा आप्mना प्रतिनिधिमार्फत बहुगुणात्मक व्यवसायमा आधारित कम्पनीका नाममा सप्तरीको सयौ बढीसँग २÷२ लाखका दरले रकम असुली गरी करोडौ रकम ठगि गरेको आरोप स्थानीयहरुले लगाएका छन ।
सो कम्पनीको नाममा डिमन गाविस ४ का छोटिया भनिने सत्रुधन यादव र रामानन्द यादवले आफुहरुलाई मासिक २० हजार देखि ५० हजार सम्म भारतीय रुपैयाँ कमाउँने लोभमा करोडौ रकम ठगि गरेको आरोप लगाएका छन् ।
मासिक २० देखि ५० हजार भारु तलब पाउँने गरी रोजगारी दिने शर्तमा २ लाख रकम पंजाव नेशनल बैंकमा एजेन्ट मार्फत दिएका थिए । रकम दिएपछि एजेन्टले रकम फिर्ता नगर्दा आफू ठगिमा परेको शैलेश कुमार यादवले बताए ।
उनी जस्तै डिमनका मात्र सुरेश कुमार यादव, डिमन ७ का सुरेश कुमार मेहता, प्रसवनि ७ बनौलीका सचेन कुमार यादव र सिरहा लहानका योगेन्द्र प्रसाद महतो समेत सयौ जना भन्दा बढीसँग प्रति ब्यक्ति दुई लाखका दरले करोडौ रकम ठगि गरी ती एजेन्टहरु अहिले विगत ९ महिनादेखि फरार रहेको ती युवाहरुले आरोप लगाए ।
उनीहरुका अनुसार २÷२ लाख प्रति ब्यक्ति रकम लिई तलब र जागिर दिईने भुठो आश्वासन दिएर हाल ती एजेन्टहरु विगत ९ महिनादेखि फरार भएपछि आफुहरु अहिले बिजोगमा परेको दुखेसो सुनाए ।
आफुहरुले एक मुष्ठ दुई लाख रकम दिए त्यस वापत एजेन्टले खाता खोलेको एउटा कार्ड र बैंकको कागजात बाहेक अरु केही नदिइएको सुरेश कुमार यादवको भनाई छ ।
विश्वासमा परेर लगानी गरे, बनारस पुगेपछि बल्ल आफुहरु ठगिएको जानकारी भएको बताउँदै उनीहरुले त्यहाँ पुग्दा ६ दिनको तालिम समेत लिएको बताए ।
ठगिएका अर्का युवा सचेन कुमार यादवले दुई लाखसम्म जम्मा नगरेसम्म सीपअनुसार काम नपाइने र उक्त रकम बिस्तारै फिर्ता हुने बहुगुणात्मक ब्यापार भनिएको थियो । सप्तरी, सिरहा सहितका जिल्लाका सयौ भन्दा बढी युवाहरु उक्त कम्पनीका सदस्य भएका छन । ती मध्ये अधिकांशलाई ती एजेन्ट तथा उनीहरुको आफन्तले नै उक्त कम्पनीमा लगानी गर्न प्रोत्साहन गरेको उनीहरुको भनाई छ ।
हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल बनारसमा बसेर नेपाली युवाहरुलाई ठग्ने विनविन कम्पनीलाई अबिलम्ब आवश्यक छानविन गरी सो कम्पनी तथा त्यसका एजेन्टहरुमाथि कानुनी कार्बाही हुनुपर्ने भन्दै ती पीडित युवाहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी समेत दिई कार्बाही प्रक्रिया अगाडी बढाउँने जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ