News Category 2071/10/06
बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ५ माघ ।
संयुक्त आन्दोलन परिचालन समिती सप्तरीको नेतृत्वमा बन्दको पूर्व सन्ध्यामा सोमबार साँझ राजविराजमा मसाल जुलुस प्रर्दशन गरिएको छ ।
संविधानसभाबाट सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणको माग गर्दै आन्दोलनमा उत्रेका संयुक्त आन्दोलन परिचालन समिती सप्तरीले बन्दको पूर्व सन्ध्यामा सो मसाल जुुलुस प्रदर्शन गरेको हो ।
राजविराजस्थित राजरंगशालाबाट निकालिएको सो मसाल जुलुस नगरको विभिन्न भागको परिक्रममा गर्दै जनआन्दोलन चौकमा सभामा परिणत भएको थियो ।
सो सभामा संघिय गणतान्त्रिकका बेद बहादुर तामाङ्ग, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, नेकपा–माओवादीका दिपेन्द्र माझी, तराई मधेश लोकतान्त्रिक पार्टीका वौवा लाल शर्मा, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा नेता तेज नारायण यादव, तराई मधेश अभियानका आरडी आजाद, फोरम नेपालका युसुफ अलि, एमाओवादीका नगर कमिटिका केदार देव लगायतका बक्ताहरुले भोलीको आमहडताललाई सफल पार्नको लागि आग्रह गर्नुभयो । सो कोण सभामा बलिदानी दिवसको अवसरमा बिर शहिदहरुप्रति १ मिनेट मौन धारणा समेत गरिएको थियो ।
एमाओवादी, मधेशी दलहरु, बैद्य नेतृत्वको नेकपा माओवादीसहितको मोर्चा, जेपी गुप्ताको संयोजनमा रहेको तमरा अभियान, मातृका यादव नेतृत्वको मोर्चा, पद्यमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजातीससहितको मोर्चा लगायतका दलहरु संयुक्त आन्दोलन परिचालन समितीमा रहेका छन् । संयुक्त आन्दोलन परिचालन समितिले माघ ६ गते आमहडतालको घोषणा गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ