News Category 2080/11/06
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ स्थित कृष्ण कुमारी देवी राजपुत मेमोरियल आधारभूत विद्यालय को.बर्साइनमा आइतबार बालबालिकाहरुलाई पोशाक वितरण गरिएको छ ।
बालबालिकालाई पोशाक वितरण गर्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले पोशाक बितरण गर्दै बालबालिकाको शिक्षाप्रति अभिभावकले पनि चासो राख्नुपर्ने आवश्यकता औंल्याउँदै अभिभावक सचेत नभए विद्यालयमा पढाएर मात्र बालबालिकाको भविष्य सुनिश्चित नहुने बताए ।
उनले सबै बालबालिकालाई समान रुपमा पहिचान दिलाउन पोशाकको महत्वपूर्ण भूमिका समेत रहेको उल्लेख गरे ।
वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले आफ्ना वडाभित्रका सबै विद्यालयका बालबालिकालाई पोशाक वितरण गर्ने नीति अनुरुप पोशाक वितरण गरिएको बताए । उनले आफ्नो वडाको चार वटै विद्यालयमा पोशाक वितरण गरिएको जानकारी दिए ।
कक्षा ६ सम्म सञ्चालित सो विद्यालयमा २ सय ६५ जना बालबालिका बालबालिकालाई सर्ट, पाइन्ट, जुत्ता, मौजा र स्वेटर वितरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष ललनप्रसाद राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य हिरालाल साह, प्रधानाध्यापक केदार पण्डितसहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ