News Category 2071/10/08
एमालेद्वारा आगजनी घटनाको भत्र्सना, दोषिमाथी कारवाहीको माग
दैनिक संवाददाता
राजविराज, ७ माघ ।
नेकपा एमाले सप्तरीको पार्टी कार्यालयमा भएको आगजनी प्रति नेकपा एमाले सप्तरीले भत्र्सना गरेको छ ।
एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले विज्ञप्ती प्रकाशन गरी ३० दलिय मोर्चाले गरिएको आम हडतालको दिन एमाले पार्टी कार्यालयमा गरिएको आगजनीप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
एमाले लोकतन्त्रमाथि विश्वास राख्ने सम्पूर्ण जनताको हकहितको लागि लड्ने नेता पार्टीको रुपमा स्थापित रहेको जनाउँदै लाखौ लाख नेपालीहरुको ढुकढुकी बन्न सफल एमाले जस्तो पार्टीको कार्यालयमा दिन दहाडै घटेको घटनामा अहिलेसम्म गृह प्रशासन मौन बसेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनाको बास्तविक छानविन गरी दोषीमाथि आवश्यक कार्बाही गर्नुपर्ने जोडदार माँग गरिएको छ ।
त्यसैगरी एमालेका जिल्ला सचिव शम्भु यादवले एक विज्ञप्ती प्रकाशन गरी नकाव लगाएर आएका मोर्चाका कार्यकर्ताले गरेको आगजनिका कारण कार्यालयका समाग्रीहरु टेवुल, कुर्सी दराज र महत्वपूूर्ण आवश्यक कागजातहरु नष्ट हुनुका साथै आगजनिले भवनमा समेत क्षति पुगेको जनाउँदै तोडफोड र आगजनीबाट होइन जनमतमा प्रतिस्पर्धा गर्न मोचार्, दल तथा सवै राजनीतिक समुहलाई आह्वान समेत गरिएको छ ।
साथै यस्ता आपराधिक घटना रोक्न स्थानीय प्रशासन निष्कृय रहेको ठहर गर्दै उक्त घटनाको अविलम्ब छानवीन गर्न एवं दोषिलाई कानुनी कारवाही गरी क्षतिपूर्ति उपलब्ध गराउन स्थानीय प्रशासन सँग जोडदार माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ