News Category 2071/10/16
खुल्ला दिशापिसाब मुक्त क्षेत्र घोषणका लागि राजविराज नगरपालिकाद्वारा विभिन्न कार्यक्रमको आयोजना
दैनिक संवाददाता
राजविराज, १५ माघ ।
राजविराज नगरपालिकाद्वारा नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र कार्यक्रम प्रबद्र्धन, बाल श्रम तथा बाल बिवाह निषेध, सरसफाई जस्ता कार्यक्रमहरुलाई बढावा दिन बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणाका लागि राजविराजस्थित राजरंगशालाबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः रंगशालामा पुगेर विभिन्न कार्यक्रममा परिणत भएको थियो । सन् २०१५ सम्ममा राजविराज नगरपालिकालाई खुल्ला दिसापिसाब मुक्त क्षेत्र घोषणा गर्न अहिले नगरपालिकाले सो अभियानलाई तिब्रता पार्न विभिन्न चेतनामूलक कार्यक्रमलाई बढावा दिएको छ ।
सोही अवसरमा राजविराज नगरपालिका वडा नं. ४ का नमुना टोल विकास संस्था र वडा नं. ५ का न्यु जेनरेशन टोल विकास संस्थालाई खुल्ला दिशाविपसाब मुक्त क्षेत्र घोषणा गरेको भन्दै पुरस्कार तथा प्रशसापत्र प्रदान गरिएको छ ।
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग र सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक ह्दय नारायण मण्डलले ती दुई टोल विकास संस्थालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस्तै सोही अवसरमा निलहिरा समाजद्वारा लोक दोहरीमा नृत्य प्रस्तुत गरिएको थियो ।
यसैगरी सोही अवसरमा खुल्ला स्थानमा दिसापिसाब गरेमा रोग फैलिने कुरालाई नाटक मार्फत मंचन गरिएको थियो । नगरस्तरिय बाल क्लबका कलाकारहरुले सो मैथिली नाटक मंचन गरेका थिए । सोही अवसरमा नगरपालिका कर्मचारीबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गको अध्यक्षता तथा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित नगरका विभिन्न वडाका सयौ सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ