News Category 2071/10/16
१ सय ७५ किलो गाँजासहित एक पक्राउ
दैनिक संवाददाता
राजविराज, १५ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ११ बाट एक जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शम्भुनाथ नगरपालिका ११ स्थित रामपुर जमुवाका ५१ वर्षिय गुल्टेन मण्डललाई १ सय ७५ केजी गाँजासहित पक्राउ गरेको हो ।
भारततर्फ निकासी गर्न राखेको उक्त गाँजा प्रहरीले सूचना पाएपछि छापा मारि बरामद गरेको हो ।
मण्डलले घरनजिकै परालको टालोमा १० वटा बोरामा लुकाई राखेको अवस्थामा बुधबारराति प्रहरीले पक्राउ गरेको जनाएको छ । एक बोरामा १७ किलोको दरले तथा ५ किलो खुल्ला गाँजा राखिएको अवस्थामा भेटिएको सप्तरी प्रहरीका प्रहरी नायब उपरिक्षक केदार ढकालले जानकारी दिनुभयो ।
यता पक्राउ परेका मण्डललाई म्याद थप गरि बिहीबार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा हिरासतमा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ