News Category 2081/02/28
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
सप्तरीमा सोमबार मात्र एकै दिन ६ जना महिलाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । विष सेवनबाट सिकिस्त भएका ६ जनै महिलाको राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ ।
विष सेवन गर्नेहरु राजविराज नगरपालिकाका २, शम्भुनाथ नगरपालिकाका, कंचनरुप नगरपालिका, महादेवा गाउँपालिका र राजगढ गाउँपालिकाका १÷१ जना छन् । जस मध्ये एकको अवस्था गम्भीर छ ।
विष सेवन गर्नेहरुमा १८ वर्ष देखि ४८ वर्ष उमेर समुह सम्मका महिलाहरु छन । उनीहरुले घरायसी कारणले विष सेवन गरेको वताएका छन् ।
अस्पतालको आकस्मिक कक्षका अहेव जयकृष्ण गुरमैताका अनुसार विष सेवन गर्नेहरुमा २ जनाले मुसा मार्ने औषधी र बाकीले खेतीपातीमा किरा मार्न प्रयोग गरीने विषादी सेवन गरेको पाइएको छ ।
विष सेवन गरी आत्महत्या प्रयास गर्नेमा २ जना अविवाहित र ४ जना विवाहीत महिला छन् । घरायसी विवाद, विवाह पश्चात् सम्बन्ध विग्रीएको, आर्थिक समस्यादेखि प्रेम सम्बन्ध र असफलता लगायतका कारणले आवेशमा आई आत्महत्याको बाटो रोज्ने गरेको अनुसन्धानको क्रममा खुल्ने गरेको प्रहरीको भनाइ छ ।
जिल्लामा गत आर्थिक वर्ष २०७९÷०८० मा झुण्डिएर, विष सेवन गरेर, नदी खोलामा हामफालेर ७९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा रहेको छ ।
चालु आर्थिक वर्ष २०८०÷०८१ को हाल सम्मको अवधीमा झुण्डिएर ६८ र विष सेवन गरेर २२ गरी ९० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ