News Category 2071/10/20
पशु स्वास्थ्य तथा बाझोपन निवारण शिबिर सम्पन्न
दैनिक संवाददाता
राजविराज, १९ माघ ।
जिल्ला पशु सेवा कार्यालय सप्तरीको आयोजनामा सोमबार जिल्लाको लौनिया गाविसमा पशु स्वास्थ्य तथा बाझोपन निवारण सम्बन्धि एक दिने शिबिर सम्पन्न गरेको छ ।
सो शिबिरमा ७ सय ७२ बाख्रालाई खौरेत रोगको भ्याक्सिन, ८ सय ५० गाई, ४ सय ५ भैसी, ७५ गाई भैंसीको बाझोपन र ८ सय ५० अन्य पशुको उपचार गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादवले जानकारी दिनुभयो । त्यस्तै ५ सय ८५ पशु चौपायाको परजिवी नियन्त्रण, ७१ गोरुको बन्ध्याकरण समेत गरिएको छ ।
लौनिया गाविसका सचिव राजेन्द्र कर्णको अध्यक्षता तथा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्य एवं जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादवको बिशिष्ट आतिथ्यमा आयोजित सो शिबिरमा पशु विकास अधिकृत प्रमोद झा, पशु चिकित्सकहरु चन्द्रेश्वर मण्डल, बिश्वनाथ साह, प्रमेश्वर यादव, पशु प्राविधिक राम कुमार मण्डल, भानुभक्त भट्राई, उमाशंकर यादव, राजकुमार यादव, चन्द्रेश्वर यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रिय अध्यक्ष रामेश्वर मण्डल, खगेन्द्र मण्डल, शिवचरण मण्डल लगायतका बक्ताहरुले लौनिया गाविसमा उक्त स्वास्थ्य शिबिरको आयोजना गरेकोमा कार्यालयप्रति आभार प्रकट गर्दै पशु चौपायाहरुमा देखिएको रोगको उपचार भएकोमा खुशि ब्यक्त गर्नुभएको छ ।
सोही कार्यक्रममा लौनिया गाविसद्वारा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला र जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादव लगायतका अतिथिहरुलाई दोसल्लाह ओढाएर सम्मान समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ