News Category 2080/01/22
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ
दैनिक समाचारदाता
पर्सा, २२ बैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारतीय नम्बर प्लेटको गाडीभित्र नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ चालिसफिटेस्थित सडक खण्डमा चेक गर्ने क्रममा एक हजार र पाँच सय दरको नेपाली नोट फेला परेको हो । सर्लाहीको गोडौता नगरपालिका वडा नं. १२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र गाडीमा सवार बारा परवानीपुर गाउँपालिका ३६ वर्षीय ओम प्रकाश साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बीआर ०१ पीजी ६५७७ नं. को सेतो रङ्गको स्कार्पियोभित्र सेतो प्लास्टिकको झोलामा नेपाली नक्कली नोट एक हजार दरको ४ सय ५० थान र पाँच सय दरको नोट ७२ थान फेला पारेको हो । सक्कली एक हजार दरका नोट दुई सय थान गरी पनि भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/20 प्रदेश सरकारले अग्निपीडितका लागि आवास बनाइदिने ः मुख्यमन्त्री यादव
- 2081/01/20 जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
- 2081/01/20 अग्निपीडितलाई निशुल्क खाना खुवाइदै, कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध
- 2081/01/20 मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
- 2081/01/20 पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
- 2081/01/20 साझीको बिष्फोटक ब्याटिङ र बलिङको मद्दतले सप्तरी फाइनलमा प्रवेश
- 2081/01/19 महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
- 2081/01/19 ९७ अग्नीपीडितको निःशुल्क उपचार
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
- 2081/01/18 श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ