News Category 2080/03/09

प्रथम मेयर गोल्डकप सुरु

दैनिक समाचारदाता

प्रथम मेयर गोल्डकप सुरु

    राजविराज÷प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखी सुरु भएको छ । 
    राजविराजस्थित राजरंगशालामा सुरु भएको उद्घाटन खेलमा महोत्तरीले सिरहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । 
    महोत्तरीका लागि पारस सुसलिंग र कृष्ण लामाले एक–एक गोल गरे । सिरहाका लागि एक मात्र गोल अमन लामाले खेलको ५८ औं मिनेटमा गरे । 
    राजविराज नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले उद्घाटन गरे । उनले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडीको विकासका लागि समेत टेवा पुग्ने बताइन् ।
    प्रतियोगिता असार १६ सम्म चल्ने छ । प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै महोत्तरी, सिरहा, धनुषा, सिन्धुली, उदयपुर, सुनसरी र सर्लाहीका गरि कुल ८ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए । 
    उद्घाटन समारोहमा पूर्वमेयर जगरनाथ दास, शैलेश चौधरी, पूर्व राष्ट्रिय खेलाडी जितेन्द्र नारायण देव, जिवन श्रेष्ठ, आलोक विश्वास, श्रीलाल देव, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट