News Category 2080/04/01

“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 

दैनिक समाचारदाता

“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 

दैनिक समाचारदाता
रौतहट, १ साउन । 

    “गौर हत्या काण्ड” मा संलग्न दोषिलाई कारवाहीको माग गर्दै पीडितहरुले सोमबार रौतहट सदरमुकाम गौरमा प्रदर्शनका साथै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 
    १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । 
    संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारबाहीको दायरमा नल्याएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएको छ । 
    बुझाइएको ज्ञापनमा साउन १४ सम्म माग पुरा नगरे साउन १५ बाट आन्दोलन स्वरुप अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी दिइएको छ । 
    आन्दोलनका कार्यक्रम अनुसार साउन २ देखि १२ गतेसम्म रौतहटका पालिकाहरुमा हत्याकाण्डबारे जानकारी र अन्तरक्रिया, साउन १३ गते सहिद तथा पीडित परिवारबाट धर्ना, साउन १४ गते मोटरसाइकल ¥याली र १५ गतेबाट अनिश्चितकालिन रौतहट बन्द रहेका छन् ।
    संघर्ष समितिका संयोजक रुपसागर देवीले अमानवीय र बीभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारालाई वर्षौसम्म पनि अनुसन्धानको दायरामा नल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडी नै खुलेआम हिँडिरहेको देख्नुपर्दा आफूहरूलाई थप पीडा भएको जनाएका छन् । 
    ‘अमानवीय र बीभत्स हत्याकाण्डका दोषीलाई कानुन बमोजिम अविलम्ब कारबाही गर्न हामी पीडितहरुलाई अपराध पीडितको हक, न्यायको प्रत्याभूति दिलाउन विनम्र अनुरोध गर्दछौ’, संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 
    २०६३ साल चैत सात गते गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमका नेता कार्यकर्ताबीच भएको झडपमा २७ जना सर्वसाधारणको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट