News Category 2080/05/09

मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    

दैनिक समाचारदाता

मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    

राजविराज÷मधेस प्रदेश क्रिकेट संघको दोस्रो साधारण सभा तथा अधिवेशन २०८० बाट अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् । 
    शनिबार सम्पन्न सो अधिवेशनबाट मधेश प्रदेश क्रिकेट संघको उपाध्यक्षमा पवन गुप्ता, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा सुभाष जयसवाल निर्वाचित भएका छन् ।  
    सचिवमा निर्विरोध निर्वाचित भएका श्रेष्ठ सप्तरी क्रिकेट संघका अध्यक्ष समेत हुन् । 
    त्यस्तै सदस्यहरु क्रमशः सतिश सिंह (सप्तरी), शत्रुधन साह (सर्लाही), प्रमोद साह (रौतहट), राजीब झा (महोत्तरी), मुकेश साह (महोत्तरी),आकश पाण्डे (धनुषा), बिकल बिष्ट (सिराहा), बाबुजान अन्सारी ( पर्सा) र अनिल चौगाई (बारा) निर्वाचित भएका हुन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट