News Category 2080/06/18

धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार

दैनिक समाचारदाता

धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार

दैनिक समाचारदाता
सिरहा, १८ असोज ।

    सिरहाको कल्याणपुर नगररपालिका प्रमुखले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै चार दिनदेखी धर्नामा बसेका ६ वटा वडाध्यक्ष र नगर प्रमुख पक्षबीच बिहीबार झडप भएको छ । 
    धर्नामा बसेका वडाध्यक्षहरु र नगर प्रमुख रामपुकार साह पक्षबीचको विवादले उग्ररुप लिएपछि अवस्था तनावग्रस्त बनेको छ । धर्नाका कारण कार्यालय ठप्प भएपछि कामकाज समेत प्रभावित छन् ।
    दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनाबग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् । तर बिहीबार साँझसम्म पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।
    सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको बताए । उनले हाम्रो नेपाल प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको बताए ।
    डिएसपी पाण्डेका अनुसार ढुंगा हानाहानबाट ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरीगरि झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । यता स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् ।
    झडकका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । कार्यालयको झ्यालको सिसाहरु ढुंगामुढाबाट फुटेको डिएसपी पाण्डेले बताए । 
    कल्याणपुर नगरपालिकामा १२ वटा वडाध्यक्ष छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एस र जसपाका ६ वटा वडाध्यक्ष विगत ४ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट