News Category 2080/08/20

महिला क्रिकेट छनोट खेलमा खडक बिजयी

दैनिक समाचारदाता

महिला क्रिकेट छनोट खेलमा खडक बिजयी

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।

    पिएम कप महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सप्तरी जिल्ला छनोट प्रतियोगिता तथा त्रिकोणात्मक सिरिजमा खडक बिजयी भएका छन ।
    मंगलबारको खेलमा खडकले सुरूङ्गालाई २० रनले पराजित गर्दै जित हात पारेको हो । टस जितेर खडकले ब्याटिंङ गर्दै निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा १ सय १३ रनको योगफल खडा गरेको थियो ।
    जसमा अन्जली चौधरीले ६ चौकाको मदतले सर्वाधिक ३९ बनाउदै अविजित खेलेकी थिईन । यसैगरी रमिता कुमारी मण्डलले १८ रन अविजित र चाँदनी ठाकुर १७ रन जोडेकी थिइन । बलिंङतर्फ सुरूङ्गा सरभाईवलका रमिता चौधरी र संगिता चौधरीले १÷१ बिकेट लिएका थिए ।
    जवाफमा सुरूङ्गा सरभाईवलले २० ओभरमा ४  बिकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । जसमा निरूता चौधरीले २९ रन र नविता चौधरी १३ रन बाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेनन् । बलिङतर्फ खडक कुईनसका मंजु राम, चाँदनी ठाकुर र आरती रामले समान्य १÷ १ बिकेट हात पारेका थिए ।
    खेलमा उत्कृष्ट प्रदर्शन गरेका खडक कुईनसका अन्जली चौधरी प्लेयर अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट