News Category 2080/09/18

उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 

दैनिक समाचारदाता

उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    सप्तरीको खडक नगरपालिका ३ कंचिरामा सञ्चालित पाँचौ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मानिथम फुटबल क्लब उदयपुरले हात पारेको छ ।
    प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनलमा बिराटनगर स्पोर्टस एकेडेमी मोरंगलाई टाईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मानिथम टिमले उपाधी हात पारेको हो । 
    अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको १५ औं मिनेटमा बिराटनगरका सुमन चौलागाईले डिबक्स भित्रबाट आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यसको ३ मिनेट नबित्दै मानिथम फुटबल क्लबका खेलाडीले गरेको प्रहार जोगाउन खोज्दा बल बिराटनगर तर्फको गोल पोष्टको जाली चुमेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो । पहिलो हाफकै ३२औं मिनेटमा बिराटनगरको डिबक्स भित्र पाएको फ्रि किकको फाईदा उठाउँदै मानिथम फुटबल टिमले सुन्दर गोल गर्दै टिमलाई दुई– एकको स्थितिमा पुर्याएको थियो । अत्यन्तै रोमाञ्चक बनेको प्रतियोगिताको दोश्रो हाफको २८ औं मिनेटमा बिराटनगरका ओम चाौधरीले गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्यायो । निर्धारित समय बराबरीमा टुगिंएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । 
    उपाधीसँगै मानिथम क्लबले रु. ५१ हजार नगद तथा कप प्राप्त गरेको छ भने उपबिजेता  बिराटनगर टिमले नगद रु. ३१ हजार तथा कपमा चित बुझाएको छ । 
    प्रतियोगिता पश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा  खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी, उपप्रमुख रिता कुमारी चौधरी, वडा नम्बर ३ का वडाअध्यक्ष देवनारायण चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 
    खडक नगरपालिकाको सहयोगमा बाईज युनियन फुटबल क्लब कंचिराद्वारा गत पुस ८ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, उदयपुर, मोरंग तथा सुनसरीका गरी १० टिम सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट