News Category 2080/10/22

टि–ट्वान्टी कप प्रतियोगिता सुरु

दैनिक समाचारदाता

टि–ट्वान्टी कप प्रतियोगिता सुरु

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 

    नेपाल विद्यार्थी संघ नगर समितिद्वारा सोमबारदेखी यहाँ वडा स्तरिय टि–ट्वाइन्टी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । 
    प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ९ बिहारपुरले वडा नं. १ पडरिया क्रिकेट टिमलाई ७ विकेटले पराजित गरेको छ । स्थानीय पडरिया खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगरका सबै १६ वटै वडाका क्रिकेट टिमको सहभागिता रहेको छ । 
    आयोजक समितिका अध्यक्ष समेत रहेका नेवि संघ नगर सभापति मो. परवेजको अध्यक्षतामा आयोजित प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता मो. इर्साद अन्सारीले उद्घाटन गरे । सो अवसरमा नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, नेवि संघ सप्तरीका अध्यक्ष राकेश ठाकुर, तरुण दल सप्तरीका पूर्व सचिव बिरेन्द्र मण्डल, नेवि संघका बुथ सभापति श्याम शर्मा लगायतले शुभकामना दिए । 
    आठ दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार नगद तथा ट्रफि र द्वितिय हुनेलाई १५ हजार नगदसहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट