News Category 2080/10/24

लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का

दैनिक समाचारदाता

लोसपा संसदीय दलका नेता  शर्माको सेवासुविधा रोक्का

दैनिक समाचारदाता
जनकपुर, २४ माघ ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरिएको छ । मधेश प्रदेशसभा सचिवालयले माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् । 
    महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई २०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाएको थियो । फैसलाकै बेलादेखि प्रदेश सांसद शर्मा फरार छन् । उनी राष्ट्रिय सभाको चुनावमा मतदानमा समेत भाग लिएनन् ।
    सभामुख मण्डलका अनुसार गत माघ १४ गते प्रदेशसभा सचिवालयमा एक कापर थरका व्यक्तिले फैसलाको प्रतिलिपीसहित उजुरी दिँदै प्रदेश सांसद शर्माको पद निलम्बन र सेवासुविधा रोकाको माग गरेका छन् । यद्दपी अदालतबाट फैसलासहितको पत्र औपचारिक रुपमा प्रदेशसभामा आएको छैन ।
    अदालतबाट फैसलासहितको पत्र आएपछि अथवा ७० दिनकटेपछि उनलाई निलम्बन गर्ने सभामुख मण्डलले बताए । सभामुख मण्डलले भने, “अदालतबाट फैसलाको पत्र औपचारिक आयो भने निलम्बन हुन्छ । नभए ७० दिन कटेपछि उहाँको पद निलम्बन हुन्छ ।’ 
    शर्मा महोत्तरी क्षेत्र नं. ३ (क)बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित छन् । यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्राट जितेका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट