News Category 2081/01/07

वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान

दैनिक समाचारदाता

वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 

    सिटिजन बैंकको १७ औं बार्षिकोत्वसवको अवसरमा शुक्रवार सो बैंकको राजविराज शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
    नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा राजविराजस्थित शाखाको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।
    वर्तमान अवस्थामा रगतको बढ्दो मागलाई ध्यानमा राखी स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यक पर्ने विरामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउने उद्देश्यले बार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको शाखा प्रबन्धक राजकुमार यादवले जानकारी दिए । 
    उनले रक्तदानमा सिटिजन बैंकका क्लष्टर प्रमुख प्रकाश नेपाल सहित राजविराज शाखासहित कल्याणपुर, पातो, बोदेबरसाइन, काचन, फत्तेपुर र भारदह शाखाका कर्मचारीहरुले समेत रक्तदान गरेको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट