News Category 2081/01/07

सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह

दैनिक समाचारदाता

सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 

    बालविवाह विरुद्धको जिल्ला स्तरीय कार्यशाला गोष्ठी शुक्रवार राजविराजमा सम्पन्न भएको छ । जिल्लाको १८ वटै पालिकाका जनप्रतिनिधि, महिला विकास अधिकृत र सरोकारबालाहरुको सहभागितमा सो गोष्ठि सम्पन्न भएको हो ।
    गोष्ठिमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले बाल बिवाहलाई न्युनीकरण गर्नसके समाजको लागी ठूलो उपलब्धी हुने बताए । उनले विगतको भन्दा अहिले बालबिवाह केही कम हुने गरेको तर, पूर्ण रुपमा बन्द नभएको प्रति चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला एकजुट भए बालविवाह चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
    बालविवाहलाई निरुत्साहित गर्न बालबालिकाहरुलाई अनिवार्य रुपमा शिक्षित बनाउन आवश्यक रहेकोले त्यतातिर पनि सबैले ध्यान दिनुपर्ने साहले बताए ।
    गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीका अध्यक्ष बलदेव मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत संजिव महतोले बाल बिवाहबाट हुने असर र यसबाट पर्ने नकारात्मक प्रभाव तथा कानुनी व्यवस्थाबारे सहभागीहरुलाई जानकारी गराए । 
    सन् २०३० सम्म बालबिवाह न्युनीकरण गर्ने लक्ष्य नेपाल सरकारको रहेको जानकारी गराउँदै महतोले त्यही विषयमा सहभागीहरुसँग छलफल भएको जानकारी दिए ।
    सेभ द चिल्ड्रेन, जिल्ला समन्वय समिति सप्तरी, सवल नेपालको सहयोगमा गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीले आयोजना गरेको कार्यक्रममा जिल्लाका १८ वटै पालिकाका उपप्रमुख र महिला विकास अधिकृत सहित ६५ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट