न्यायाधीशहरूको बिदाइ तथा सम्मान  2082/05/19  उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालत राजविराजका न्यायाधीशहरूलाई बिहीबार एक कार्यक्रम बिच बिदाइ तथा सम्मान गरिएको छ ।  राजविराज उच्च अदालत बार एशोशिएशन राजविराजले आयोजना गरेको कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली, न्यायाधीशहरू सरला कुमारी पाण्डे, अर्जुन अधिकारी, पूर्ण प्रसाद राजवंशी, कृष्णप्रसाद सुवेदी, नारायण प्रसाद सुवेदी, कोहलचन्द्र सुवेदी तथा सप्तरी जिल्ला अदालत राजविराजका माननीय न्यायाधीश दिपक कुमार दाहाल, टंक प्रसाद महत लगायतको संयुक्तरूपमा बिदाइ तथा सम्मान गरिएको हो ।.... विस्तृत
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान 2082/05/16  आर्थिक अवस्था ज्यादै नै कमजोर भएका कारण परिवार पाल्न निकै गाह्रो भएपछी सप्तरीको रुपनी गाउँपालिका २ हरिरावा टोलका ३२ वर्षिय दिपक कुमार राम १३ वर्ष अघि रोजगारीका लागी मलेशिया गए । यसैबीच विदा लिएर दुइ पल्ट घर आएका उनी विवाह र परिवारसंग भेटघाट गरी पुनः मलेशिया फर्केका थिए । यसै अवधीमा उनको आमा र बुवा दिवंगत भए । पछिल्लो पटक घरमा २७ वर्षिया गर्भवती श्रीमती रेणु र ७ वर्षिय छोरा विप्लवलाई छोडेर उनी पुनः मलेशिया फर्केका थिए । विदेशमा दुःख गरेर भएपनि आफ्नो परिवारलाई मिठोमसिनो खुवाउने, श्रीमतीको गर्भमा रहेको सन्तान र ७ वर्षिय छोरा बिप्लवलाई भविष्यमा राम्रो शिक्षा दिलाउने र विदेशबाट फर्केपछी गाउँ मै कुनै पसल खोली सपरिवार खुशियालीपूर्वक जीवन व्यतित गर्ने उनले सपना बुनेको भनी आफुलाई सुनाई रहने रेणुले बताईन । .... विस्तृत

 

ताजा अपडेट