rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • जगन्नाथ रथयात्राको तयारी पुरा
  • कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • जनमुखीको २४ साधारण सभा सम्पन्न
  
चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि 2082/07/07 चित्रगुप्त सेवा समिति राजविराजले प्रत्येक बर्ष आयोजना गर्ने भगवान चित्रगुप्तको पूजा पश्चातको भगवान हाथको पूजित कलम यस वर्ष १ लाख ५ सय ५५ रुपैयामा बिक्री गरिएको छ । राजविराज वडा नं २ बस्ने मनोज कुमार लाल कर्णले उक्त कलम डाक बढ़ाबढमा साकार गरेका हुन् । मनोज राजविराजका व्यावसायी हुन । कलमको उनी भन्दा कम मूल्य राजविराज २ बस्ने प्रतिक कर्णले ९५ हजार ५ रुपैयाको बोली लगाएका थिए ।.... विस्तृत
दुईलाख मुल्य बराबरको पटका नष्ट 2082/07/05 दीपावली तथा छठपर्वका लागि विभिन्न नाकाबाट ल्याइएका ठूलो परिमाणका प्रतिबन्धित पटका सप्तरी प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमा खाल्डो खनी दुईलाख मुल्य बराबरको पटका नष्ट गरेको हो ।.... विस्तृत
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी 2082/07/04 राजविराज ७ स्थित एक पसलमा बोतलमा राखेर बेच्ने गरेको पेट्रोलका कारण आगलागि हुँदा पसलनै खरानी भएको छ ।   जेलगार्ड सडक खण्डमा स्थानीय ३९ वर्षिया मञ्जु राउतले संचालन गर्दै आएको किराना पसलमा आगलागि भएको हो।  .... विस्तृत
किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति  2082/07/04 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक किराना पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ निवासी ३७ वर्षीय इन्द्र मुखियाले हनुमाननगर कंकालिनी नगरपालिका १४ मा संचालन गर्दै आएका किराना पसलमा सोमबार भएको आगलागीबाट घरसहित करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।.... विस्तृत
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै 2082/07/02 सप्तरीको बोदेबरसाईन नगरपालिका ८ निवासी रामदुलार साहको अज्ञात समुहले गोली हानी हत्या गरेका छन् ।  प्रहरीका अनुसार पिसाब फेर्न शनिवार राति २ बजेतिर निवासबाट बाहिर निस्केका ७२ बर्षीय साह माथी अज्ञात समुहले गोली हानेको हो । ढाँडमा दुईवटा गोली लागेका उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । .... विस्तृत
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट 2082/07/01  चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत सप्तरीका पाँच गरि देशभरका ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय दुई वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशका ३४ वटा स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन् । .... विस्तृत
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु 2082/07/01  वर्तमान परिस्थितिमा सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तिहार र छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा ‘वर्तमान अवस्थामा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् । .... विस्तृत
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ 2082/07/01 जविराज, ३१ असोज ।      नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकारिताको आडमा हुने कुनैपनि अराजक  गतिविधि सहनीय नहुने स्पष्ट पारेको छ ।  नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिब डम्बर राईद्वारा शुक्रबार जारि विज्ञप्तिमा समग्र पत्रकारितालाई बदनाम गराउने गरि भएको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  ..... विस्तृत
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ  2082/06/30 मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।.... विस्तृत
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस 2082/06/30 राजविराजस्थित विभिन्न मन्दिर तथा जलाशयको सरसफाई गर्दै प्रहरीले ७०औं स्थापना दिवस मनाएको छ ।  आउनै लागेको दिपावली र छठपर्व समेतलाई लक्षित गरी प्रहरीले राजविराजका मठ–मन्दिर र जलाशयहरुको सरसफाई अभियान थालेको हो ।.... विस्तृत
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ 2082/06/30 प्रहरी जवानदेखी प्रहरीका उच्च अधिकारी सम्मलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा एक युटुवरलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २४ घर भएका ३९ वर्षिय मनोज मानव भन्ने मनोज महतो पक्राउ परेका हुन । .... विस्तृत
थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ 2082/06/30  लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर) मुद्दामा अनुसन्धानको क्रममा प्रहरी बृत थानकोट काठमाडौंको प्रहरी हिरासत कक्षबाट फरार भएका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । ... विस्तृत
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु 2082/06/30 सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।  वडा नं. ५ जोगिनायाँ घर भएका ४२ बर्षीय नरेश यादवको चौताराबाट लडेर मंगलबार राति मृत्यु भएको हो ।.... विस्तृत
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार 2082/06/28  सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर–राजविराज इजलाश गरी दुई तहका अदालतबाट न्याय पाएपनी फैसला कार्यान्वयन नहुँदा सप्तरीको शम्भुनाथ नगरपालिका ११ रामपुर जमुवाकी निलम देवी भगत र उनका परिवार यसरी न्यायको पर्खाईमा भौतारिएका छन् । पछिल्लो पटक प्रहरीकै अगाडी विपक्षिहरुले अदालतको आदेशको अवज्ञा गर्दै भगत परिवारले आफ्नो स्वामित्वमा रहेको जग्गाको सुरक्षाका लागि गरेको घेरवार भत्काएर उदण्डता देखाएका छन् । .... विस्तृत
एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना 2082/06/28  सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुर स्थित विरेन्द्र फुड्स एण्ड बे्रभेज इन्ड्रष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । इन्ड्रष्ट्रिजबाट उत्पादन हुने एक्वा पानीको बोतलमा लेदो तथा आँखाले प्रष्टसंग देखिने बाह्य वस्तु (सोलिड एण्ड डस्ट) भेटिएकाले दुईलाख जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।.... विस्तृत
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ 2082/06/28  नेपाल पत्रकार महासंघ सप्तरीले पधकार महासंघका केन्द्रीय परिषद् सदस्य एवं राजधानी दैनिक तथा प्राइम टेलिभिजनका सप्तरी सम्वाददाता मनोजकुमार माझी उपर समाचार संकलनको क्रममा सोमबार भएको हातपात एवं दुव्र्यबहारको घट्नाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • ...
  • 577

ताजा अपडेट

  • 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
  • 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
  • 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
  • 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
  • 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
  • 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
  • 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
  • 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
  • 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची 
  • 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.