बिएमयुद्वारा अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा  2076/04/15  भारतको एक प्रतिष्ठित शैक्षिक संस्था, बिएमएलमुन्जल विश्वविद्यालय (बिएमयू), हिरो ग्रुपको गैर नाफामुलक विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि पाँचौं भर्ना समारोहको आयोजना गरेको छ ।  बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ती गर्दै आइरहेको छ । यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु आफ्नो अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा गरिएको छ ।  विश्व विद्यालयका भाइस चान्सलर डा. मनोज अरोडाले विश्वविद्यालय र त्यहाँको शिक्षाको बारेमा आफ्नो धारणा राख्दै नेपाली विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षा हासिल गर्नका लागि गेटवेको काम गरेको बताए ।.... विस्तृत
विस्मरण गर्न सक्दिन स्व.सह–प्राध्यापक अमरेन्द्र नारायण सिंह “अमर” लाई 2075/09/01  स्व.सह–प्राध्यापक अमरेन्द्र नारायण सिंह “अमर” ले भारतको बिहार राज्यको विहार विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम.ए.गर्नु भएको थियो । महेन्द्र विन्देश्वरी कलेज राजबिराजमा राजनीतिशास्त्र प्राध्यापन गर्नहेतु केही महीनाका लागि उहाँको अस्थायी रुपमा नियुक्ति भयो । संभवतः अर्को वर्ष फेरि उहाँ अस्थायी रुपमा नियुक्त हुनु भयो । पछि उहाँको नियुक्ति स्थायी रुपमा भयो । २०४७ सालमा उहाँ उप–प्राध्यापकबाट सह–प्राध्यापकमा प्रोन्नत हुनु भयो । उहाँ भद्र, विनम्र, मृदुभाषी व्यक्ति हुनु हुन्थ्यो । उहाँको शिष्ट व्यवहारले जोसुकैलाई पनि प्रभावित र आकर्षित गर्न सक्दथ्यो ।.... विस्तृत
खरको छानामा आगो नलाग्ने प्रविधिको विकास  2075/08/14  खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो ।  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ ।       नास्टले केही वर्षदेखि गरिरहेको अध्ययनमा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने पाइएको हो ।      खर, माटो र छाना छोपिनेजति प्लाष्टिकको प्रयोग गरेर घरलाई आगोबाट सुरक्षित गर्न सकिने नास्ट प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । ..... विस्तृत
सप्तरीको मानवअधिकारको अवस्था सम्बन्धी इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन (मानवअधिकार वर्षपुस्तक) 2075/08/08 मानवअधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रत्येक जिल्लामा मानवअधिकार सम्बन्धी गतिविधिहरुको तथ्यगत घटना संकलन, अभिलेखीकरण र प्रसारण कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रिय सन्धी, महासन्धी, देशका विद्यमान कानुनहरुको पालना भए नभएको लगायतका विषयमा चासो राख्ने इन्सेकले मानवअधिकारसँग सम्बन्धित रहेर कार्यहरु गर्दछ । इन्सेकले मानवअधिकारसँग सम्बन्धित घटनाहरुको संकलन र अनुगमन गर्दै विश्वमा नै उत्कृष्ट र तोकिएको समयमा फागुन ७ गते मानवअधिकार बर्ष पुस्तक प्रकाशित गर्दै आएको छ । सोही क्रममा प्रकाशन पूर्व वर्षको दुई पटक पूर्वसमीक्षा गरिने भएकोले नेपाल मानवअधिकार बर्ष पुस्तक २०१९ को वार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रम गर्न गइरहेका छौ । इन्सेक सप्तरीले २०१८ जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा भएका मानवअधिकार हनन्, उल्लंघन तथा ज्यादतीका घटनाहरुलाई सत्यतथ्य परक तथा पूर्णता र आधिकारिकता दिने उद्देश्यले पूर्व समीक्षा कार्यक्रमको आयोजना गरेको हो ।..... विस्तृत
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध 2075/08/06   संसारकै सबैभन्दा खतरनाक टापु ‘नर्थ सेन्टिनल आइल्याण्ड’ अहिले निकै चर्चामा छ । यहाँ क्रिस्चियन धर्म प्रचार गर्न गएका एक मिसिनरी युवकको लाश भेटिएपछि यो टापुको चर्चा बढेको छ । एएनआइका अनुसार ७ माझीले ती युवकलाई टापुमा लिएर गएका थिए । ती युवकले आदिवासीलाई क्रिष्चियन बनाउन भन्दै बाइबलको पाठ पढाउन थालेपछि आदिवासीले उनको वाणले हानेर हत्या गरिदिएको बताइएको छ ।      भारतको सीमाभित्र पर्ने यो टापुमा बस्ने आदिवासीहरुको प्रजाती ५५ हजार वर्ष पुरानो मानिन्छ । अण्डमान महाद्वीपमा रहेको जरावा जनजातिका यी आदिवासीहरु बाँकी संसारबाट टाढै रहन्छन् । यो जनजातिले आधुनिक सभ्यतालाई पूर्णतया अस्वीकार गरेका छन् र बाँकी संसारसँग यिनीहरुको सम्पर्क शुन्य छ । भनिन्छ कि यी आदिवासीहरुले आफ्नो समुदायभन्दा फरक कुनै पनि मान्छेलाई भेटे भने मारिदिन्छन् । यतिमात्र होइन यी आदिवासीहरु आफ्नै भर्खर जन्मेको बच्चासमेत अलिकति पनि गोरो भयो भने मारिदिन्छन् । .... विस्तृत

 

ताजा अपडेट